Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आइतबारबाट सबै मालपोत कार्यालय खुल्ने


    शनिबार, जेष्ठ २४ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना महामारी र लकडाउनका कारण तीन महिनादेखि बन्द रहेका मालपोत कार्यालयहरु आइतबारदेखि खुल्ने भएका छन् । भूमि ब्यवस्थापन तथा अभिलेख विभागले आइतबारबाट मालपोत कार्यालयहरुबाट न्यूनतम सेवा प्रवाह गर्ने सूचना शुक्रबार प्रकाशित गरेको छ ।

    भूमि ब्यवस्थापन विभागको महानिर्देशकमा शेषनारायण पौडेल आएपछि उनले मालपोत कार्यालयहरुबाट आंशिक सेवा दिने प्रक्रिया अगाडि बढाएका हुन् । उनकै नीति अनुसार विभागका शाखा अधिकृत कृष्णप्रसाद जोशीको हस्ताक्षरमा मातहतका कार्यालयहरुलाई आइतबारबाट कार्यालय खोल्न र काम सुचारु गर्न परिपत्र गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार