Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • एयर अरेबियाको विमानबाट १ सय ५७ नेपाली काठमाडौं अवतरण


    शुक्रबार, जेष्ठ २३ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस महामारीका कारण बैदेशिक रोजगारीमा गएका नेपाली फर्काउने क्रम सुरु भएको छ ।

    संयुक्त अरब इमिरेट्स(यूएई)मा समस्यामा परेका नेपालीलाई आज एयर अरेबियाले काठमाडौं ल्याइदिएको छ । एयर अरेबियाको विमान १ सय ५७ जना नेपाली नागरिक लिएर काठमाडौंमा अवतरण गरेको छ । यूएईको सारजाह विमानस्थलबाट एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमानबाट ती नेपाली स्वदेश फर्किएका हुन् ।

    फर्कनेहरुमा इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली छन् ।
    शुक्रबारै म्यानमारबाट २६ नेपाली फर्किएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार