काठमाडौँ, २३ जेठ । शुक्रबार बिहान म्यानमारबाट २६ जना नेपाली स्वदेश आएका छन् । कोरोना भाइरस रोकथामका लागि लागू गरिएको लकडाउनपछि बिदेशबाट पहिलो पटक औपचारिक रूपमा नेपालीहरू स्वदेश फिर्ता भएका छन् ।
विमानस्थल कार्यालयका अनुसार पौने ११ बजे म्यानमार एयरफोर्सको जहाज नेपाली ल्याएर आएको हो । म्यानमार सरकारले आफ्नै खर्चमा यी नेपाली ल्याइदिएको हो ।
आजै युएईबाट पनि नेपाली स्वदेश फर्किदैछन् ।