Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • चलचित्र विकास बोर्डको अध्यक्षमा दाहाल नियुक्त


    शुक्रबार, जेष्ठ २३ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष दयाराम दाहाललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधयक्ष नियुक्त गरेको हो । चलचित्र निर्देशक, गीतकार तथा निर्माता दाहाललाई २२ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले दुई वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो ।

    तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि विगत ६ महिनादेखि बोर्डको अध्यक्ष पद रिक्त थियो । दाहालले हालसम्म समितिका बोर्ड सदस्यका रुपमा काम गर्दैआएका थिए ।
    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्ड अध्यक्षका लागि आवेदन मागेको थियो । जसमा १० जनाले आवेदन दिएका थिए । तीमध्ये अभिनेता भुवन केसी, सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापा र दाहालको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो ।

    नियुक्तिपछि दाहालले चलचित्र उद्योगलाई कसरी राम्रोसँग अगाडि बढाउने भनेर सबै सरोकारवाला निकायसँग छलफल गरेर अगाडि बढ्ने बताएका छन् ।
    दाहाल २०४५ सालमा निर्मित फिल्म ‘लाहुरे’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । उनी ‘दाइजो’मार्फत चलचित्र निर्देशक बनेका थिए । दाहालले हालसम्म ४० भन्दा बढी फिल्मको निर्देशन गरिसकेका छन् ।

    उनको पछिल्लो चलचित्र ‘रानी’ हो भने प्रदर्शनको पखाईमा ‘लैबरी लै’ छ । उनले ‘दौँतरी’, ‘ठूल्दाइ’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’, ‘म तिमीविना मरिहाल्छु’, ‘दैव’लगायत चलचित्र निर्माण गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार