Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • हाइप्रोफाइल जुवाडेका चार रात हिरासतमै बित्ने, शुक्रबार छाड्ने तयारी


    बिहिबार, जेष्ठ २२ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • अशोक अग्रवाल, रामचन्द्र संघाई, नन्दकिशोर शर्मा, गोविन्द सरिया र बिमल खेतान

    काठमाडौं । हाइप्रोफाइल जुवाडेहरुको अनुसन्धान प्रहरीले ३ दिनमै सकेको छ । सोमबार कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका एनआइसी एसिया बैंकका संचालक रामचन्द्र संघाई, लाइफ इन्स्योरेन्स कम्पनीका संचालक अशोक अग्रवालसहितका ९ जना ब्यापारीलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार ५ दिन म्यादथप गरेको थियो । सोमबार राति नै उनीहरुलाई छाड्न शक्तिकेन्द्रहरुबाट दबाब आएको थियो । तर मिडियामा छ्यापछ्याप्ती समाचार भाइरल भएकाले उनीहरुलाई प्रहरीले रिहा गर्न सकेन । मंगलबार म्यादथपपछि पनि कोरोना त्रासमा हिरासतमा राख्न असहज भएकाले हाजिर जमानीमा राख्ने अनुमति सरकारी वकिल कार्यालय काठमाडौंले अस्वीकार गर्यो ।

    हाइप्रोफाइल जुवाडे छुटाउन लागेका ब्यापारी छुटाउन लागेका महानगरीय आयुक्त डीआइजी विश्वराज पोखरेलको प्रयास पनि खेर गयो । एनआइसी बैंकका सीईओ रोशन न्यौपाने, कर्मचारी अर्जुन खनिया र रन्जन खड्कादेखि पूर्वएआइजी वीरेन्द्रबाबु श्रेष्ठहरुले छुटाउनका लागि सबै खालका शक्ति परिचालन गर्दा पनि असफल भएका थिए । पूर्वएआइजी श्रेष्ठ विशाल ग्रुपअन्तर्गतको सूर्या लाइफ इन्स्योरेन्सका संचालक हुन् । जुवाखालमा पक्राउ परेका अशोक अग्रवाल विशाल ग्रुपका एमडी हुन् । मंगलबार पनि छुटाउन असफल भएपछि जुवाडेहरुको बयान छिटोछिटो गराइएको छ । बुधबार ५ जनाको बयान सकी बिहीबार बाँकी जुवाडेको बयान सकेको छ । तीन दिनमै अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बिहीबारै बुझाएको छ । शुक्रबार जुवाडेहरुलाई छुटाउने तयारी छ । शुक्रबार नछुटेमा शनिबार सार्वजनिक बिदा परेकाले उनीहरु हिरासतमै बस्नुपर्नेछ । आइतबारमात्र छुट्नेछन् । त्यसैले पनि बिहीबार बयान सकिसकेको प्रहरीले शनिबार उनीहरुलाई छाड्दैछ ।

    महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहालमाथि तालुक अड्डाका हाकिमदेखि शक्तिकेन्द्रबाट लगातार जुवाडे छाड्न चर्को दबाब परेको छ । तर त्यो दबाब झेल्दै उनले बयान सकेर सरकारी वकिलकोमा प्रतिवेदन पेश गरेका छन् । प्रहरीले बुझाएको प्रतिवेदनमा ८ जनालाई नै ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना गराउन माग गरिएको छ । मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसूरमा पहिलो पटक जुवा खेल्ने व्यक्तिलाई यो कारबाहीको व्यवस्था गरिएको छ ।

    हाइप्रोफाइल जुवाडेहरुको नालीबेली

    पक्राउ पर्नासाथ छुट्नका लागि सबै शक्ति परिचालन गरेका हाइप्रोफाइल जुवाडेहरुमा रामचन्द्र संघाई, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्दकिशोर शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाई हुन् । संघाई एनआइसी एसिया बैंकका संचालक हुन् । उनी त्रिवेणी गु्रपका पनि संचालक हुन् । अशोक अग्रवाल नेपाल लाइफ इन्स्योरेन्स र विशाल ग्रुपका संचालक हुन् । नन्दकिशोर शर्मा ज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष हुन् ।

    उनी नेपालका लागि गिनीका अवैतनिक महाबाणिज्य दूत पनि हुन् । पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन् । गोविन्दराम सरिया झापाको चिया उद्योगीको भेषमा हुन्डीको कारोबार गर्दैआएका छन् । उनी प्रहरीको संरक्षणमा हुन्डी कारोबारबाट उदाएका हुन् । नेपाल प्रहरीमा उचाई कायम गरेका पूर्वआइजीपी उपेन्द्रकान्त अर्याल र पूर्वएआइजी विज्ञानराज शर्माको रकम समेत उनले चलाएकाले उनीमाथि हुन्डी कारोबार गरेको थाहा पाए पनि प्रहरीले एक्सन लिन सक्दैनथ्यो भन्ने चर्चा हुने गर्दछ । गोविन्द सरिया र पवन सरिया हुन्डीका डन नै हुन् । विमल खेतान गार्मेन्टको काम गर्दैआएका छन् । पक्राउ परेकामध्ये जोगाइ होटलका सञ्चालक हुन् । भारतीय नागरिक होटल संचालक जोगाई अशोक अग्रवालका ज्वाई हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार