काठमाडौं, २२ जेठ । नेपालमा थप एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाल्पा पूर्वखोलाका ४५ वर्षका पुरुष पाँचदिनअघि भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएका थिए ।
उनको पाल्पाको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।