Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • कर्णाली प्रदेशमा एकैदिन १०६ मा कोरोना संक्रमण पुष्टि


    बिहिबार, जेष्ठ २२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दैलेख, २२ जेठ । कर्णाली प्रदेशमा एकैदिन एक सय ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसममध्ये दैलेखमा मात्रै १०५ जना रहेका छन् ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा दैलेख जिल्लाका एक सय ५ जना र मुगुका एक जना संक्रमित पुष्टि भएको हो।

    दैलेखको नारायण नगरपालिकाका ६४ जना, देवलकाँडाका १२ जना, स्रोतका ९ जना, मानटाकुराका ७ जना, साडुका २ जना, भगतीका ५ जना, बासकोटका एक जनामा संक्रमण पुष्टि भएको हो।

     

    मुगु खत्याङका एक जना पुरूष पनि संक्रमित रहेको प्रयोगशाला प्रमुख विवेक पुन मगरले जानकारी दिए। अब कर्णाली प्रदेशमा कोरोनाका दुई सय १३ जना संक्रमित पुगेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार