Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • नायबसुब्बादेखि उपसचिवसम्मः २५ बर्ष निरन्तर गृहमन्त्रालयमा


    मंगलबार, जेष्ठ २० २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्रालयले आइतबार उपसचिव र सहसचिव गरी ४४ जनाको सरुवा र पदस्थापन सार्वनजनिक गरेको छ । ४४ मध्ये ३३ को सरुवा, १० जना पदस्थापन र एक जनाको काज भएको छ । यो सरुवामा २५ बर्षदेखि गृहमन्त्रालयमा कार्यरत पुण्य ढकालको पुनः त्यहीँ पदस्थापन भएको छ । उनी नायबसुब्बादेखि नै निरन्तर गृहमन्त्रालयमा कार्यरत छन् । गृहको पनि आकर्षक मानिने र देश विदेश घुम्न अवसर पाइने विपत ब्यवस्थापन शाखामै कार्यरत छन् ।

    निजामती सेवा ऐनमा हरेक २ बर्षमा कर्मचारीको सरुवा हुने ब्यवस्था छ । तर ऐनको यो ब्यवस्था ढकालका हकमा कहिल्यै लागू भएन । लामो समय एउटै कार्यालयमा रहँदा सुशासन कायम हुन नसक्ने भएरै ऐनमा २ बर्षमा सरुवा हुने ब्यवस्था गरिएको हुनसक्छ । यस्तै लामो समय काम गर्ने कर्मचारीहरुका कारण नै अनियमिततामा गृहमन्त्रालय पाँचौं नम्बरमा पर्ने गरेको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमै उल्लेख छ । एक महिनाअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव बिष्णु लामिछानेको पदस्थापन गृह मन्त्रालयमा गर्यो । तर उनलाई सरुवामा राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागतिर पठाइयो । नेकपा निकट पेशागत महासंघका महासचिव लामिछानेलाई गृहमा बस्न टिक्न पनि नदिने काम पनि ढकालकै डिजाइनमा भएको स्रोत बताउँछ । ढकाल २५ बर्षसम्म गृहमै बसे, अहिले पदस्थापन त्यहीँ गराए । तर लामिछानेको पदस्थापन भएको १ महिनामै उनी खेदाइमा परेका छन् ।

    एक बर्षसम्म हाजिर नगरी गृहमै फर्किए

    २०७५ मा कर्मचारी समायोजन हुँदा पुण्य ढकालको पदस्थापन सामान्य प्रशासन मन्त्रालयमा भए पनि उनी एक बर्षसम्म हाजिर भएनन् । र, पुनः गृहमै दरबन्दी मिलाएर गए । समायोजन संशोधन नहुने कानुनी ब्यवस्था बिपरीत उनले गृहमै मिलाएका थिए । उनी १ बर्षसम्म हाजिर नै नभए पनि तलव खानेदेखि लिएर उपसचिव बढुवा भए । उपसचिव बढुवा हुन ३५ दिन सेवाकालीन तालिम अनिवार्य लिनुपर्छ । तर त्यो तालिम उनले पूरा नलिई कीर्ते तालिम लिएको विवरण पेश गरी उनी बढुवा भएको आरोप छ । उपसचिवका लागि उनी ३५ दिने तालिममा सहभागी भए । तर त्यस अवधिमा उनी १० दिन कर्मचारी प्रशिक्षण प्रतिष्ठानका तर्फबाट १० दिनसम्म झापामा प्रशिक्षण दिन गएका थिए ।

    ३५ दिने तालिममा उनी १० दिन अनुपस्थित भएकाले उजृुरी परेमा उनको बढुवा रद्द हुन्छ । उनीमाथि कारबाही हुन्छ । कर्मचारी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक शैलेन्द्र गिरीलाई ढकालले झापामा गएको अभिलेख च्यात्नका लागि दबाब दिने र तर्साउनेसम्म गर्दैआएका छन् । ढकाल तालिममा सहभागी भएको अवधिमा झापामा १० दिनसम्म प्रतिष्ठाद्धारा आयोजित प्रशिक्षणमा सहभागी भएको, भत्ता बुझेको अभिलेख गिरीले मेट्न नमानेपछि ढकालले उनलाई दुःख दिने क्रम पनि छाडेका छैनन् । गिरीले झापामा प्रशिक्षण दिएको भत्ता फिर्ता गरे रेकर्ड मेटाउने भने तर हात परिसकेको भत्ता ढकालले फिर्ता गर्न नमानेपछि उनी १० दिन अनुपस्थित भएको रेकर्ड अहिले पनि प्रतिष्ठानमा सुरक्षित छ ।

    अख्तियारमा १० वटा उजुरी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता सरोकारवाला निकायले खोजीनीति गरे उनले ३५ दिन तालिमका क्रममा १० दिन अनुपस्थित रहेको फेलापर्ने स्रोत बताउँछ । ढकाल उपसचिव तालिममा १० दिन सहभागी नभएको बिषयमा सत्यतथ्य छानबिन गर्न माग गर्दै अख्तियारमा १० वटा अनलाइन उजुरी पनि परेका छन् । उनले सेवाकालीन तालिममा नियम अनुसार सहभागी नभइकन आधिकारिक ट्रेड युनियनको अध्यक्ष पदको दुरुपयोग गरी नम्बर प्राप्त गरेको । तालिममा सहभागी भएको मितिमा दोहोरो काज समेत बुझी पीटीए तालिम संचालन गरेकोजस्ता कुरा उल्लेख गरी उजुरी परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार