Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गाउँपालिकाले किनिदियो किसानको तरकारी


    सोमबार, जेष्ठ १९ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • फाइल फोटो

    खोटाङ , १९ जेठ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनको मारमा परेका किसानको ५४ हजारभन्दा बढि मूल्यको तरकारी किनिदिएकके छ । लकडाउनको मारमा परेका स्थानीयलाई राहत वितरण गर्नेक्रममा गाउँपालिकाले बिक्रीका लागि बजार पुग्न नसकेका किसानको ५४ हजार ३८४ रुपैयाँ बराबरको बन्दा, काउली र आलु किनिदिएका हुन् । गत चैत २७ गते यता पहिलो चरणमा ३७ हजार ७४८ रुपैयाँको, दोश्रो चरणमा ७ हजार ५५२ रुपैयाँ बराबरको र तेश्रो चरणमा ९ हजार ८४ रुपैयाँ बराबरको तरकारी किनेर किसानलाई सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

    तीन चरणमा किसानबाट ३२ हजार ७०४ रुपैयाँको बन्दा, ९ हजार ९८० रुपैयाँको काउली र ११ हजार ७ सय रुपैयाँको आलु खरिद गरेर राहतसँगै अन्य परिवारलाई बाँडिएको गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा ५८४ केजी बन्दा, १८४ केजी काउली, ४६८ केजी आलु, दोश्रो चरणमा २३६ केजी बन्दा, तेश्रो चरणमा २०२ केजी बन्दा र ६५.५ केजी काउली वितरण गरिएको अध्यक्ष राईले बताए । गाउँपालिकाले बन्दा प्रतिकिलो ३२ रुपैयाँ, काउली प्रतिकिलो ४० रुपैयाँ र आलु प्रतिकेजी २५ रुपैयाँका दरले खरिद गरेर अन्य परिवारलाई बाँडिदिएको हो । ‘लकडाउन’का कारण बजार नपाउँदा अधिकांश तरकारी कुहिने र सडिने अवस्थामा पुग्दा मारमा परेका किसानको राहतका लागि गाउँपालिकाले तरकारी खरिद गरिदिने निती अवलम्बन गरेको हो । लकडाउनका कारण बजार पु¥याउन नसक्दा खेर जाने अवस्थामा पुगेको तरकारी स्थानीय सरकारले किनिदिएपछि ‘लकडाउन’को मारमा परेका किसानले राहतको महसुस गरेका छन् ।

    कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण गाउँ–गाउँका हाटबजार पनि बन्द छ । गाउँघरमा लाग्ने साप्ताहिक हाटबजार बन्द हुँदा अधिकांश किसानले दश नंग्रा खियाएर उत्पादन गरेको तरकारीले बजार पाउन छाडेको छ । बजार बन्द हुँदा आम किसानले उत्पादत गरेका तरकारी बारीमै कुहिएर र सकिएर खेर जाने अवस्थामा पुगेकाले किनेर राहत स्वरुप बाँडिएको अध्यक्ष राईले बताए । ‘लकडाउन’का कारण हाटबजार रोकिएको छ । तरकारी कुहिएर र सडिएर खेर जाने अवस्थामा चिन्तित बनेका किसानको सहयोगका लागि गाउँपालिकाले खरिद गरिदिन थालेको हो,’ अध्यक्ष राईले भने, ‘लकडाउनमा किसानले उत्पादन गरेका कुनै पनि कृषि उपजले बजार पाउँदैन, कुहिएर वा सडेर जान्छ भनेर चिन्ता गर्नु पर्दैन । स्थानीय सरकारले बजारको जिम्मा लिन्छ ।’ आजको नागरिक दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार