Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मादक पदार्थ सेवन गरेर वडा अध्यक्षमाथि हातपात


    शुक्रबार, जेष्ठ १६ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • डडेल्धुरा, १६ जेठ । मादक पदार्थ सेवन गरेर सरकारी कर्मचारीले अमरगढी नगरपालिका वडा नं.१० का वडा अध्यक्ष विष्णु भट्टमाथि हातपात गरेका छन् ।

    अमरगढी नगरपालिका वडा नंं.१० बुडाली घर भएका र हाल घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले मदिरा सेवन गरि हातपात गरेको वडा अध्यक्ष विष्णु भट्टले बताए ।वडा नं.१० मा रहेको क्वारेन्टाईनमा ७२ जनाको व्यवस्थापन गर्नु पर्ने र विद्यालयको भवनमा मात्रै सम्भव नभएको र रेडक्रसको भवनमा क्वारेन्टाईन व्यवस्थापन गरिरहेको समयमा मदिरा सेवन गरि आएका ऐरले गालि गलौज सहित हातपात गरेको बडा अध्यक्ष भट्टले बताए ।

    ‘जेठ ११ गते पनि विद्यालयमा क्वारेन्टाईन बनाउन लाग्दा ऐरले अवरोध गरेको भट्टको भनाई छ । हातपात गर्ने ऐर वडा अध्यक्षमा भट्टसंग वडाअध्यक्षमा पराजित व्यक्ति हुन् । ऐरलाइ विहिबार राति नै पक्राउ गरि थुनामा राखिएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार