Nepal Face
  • आइतबार, ७ मंसिर २०८३
  • एकीकृत समाजवादीकाे कार्यालयमा रामकुमारी झाँक्रीको खोजी, किन आइनन् उद्घाटनमा ?


    शुक्रबार, असोज १ २०७८
    3.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एकीकृत समाजवादीले पार्टीकाे केन्द्रीय कार्यालय आज (शुक्रबार) बिहान उद्घाटन गरेकाे छ ।

    अध्यक्ष माधवकुमार नेपालले आज बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगरमा रहेकाे पार्टीकाे कार्यालय शुभारम्भ गरेका हुन् । 

    पार्टी कार्यालयको बार्दलीमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले मुठ्ठी उठाएर हामी यहाँ छौं भन्दै कार्यकर्तालाई सन्देश दिइरहँदा नेताहरूको लहरमा अभाव झल्किएकाे कार्यकर्ताहरूले महसुस गरे ।

    पार्टी दर्ताका बेला निर्वाचन आयोगमा नेपालको हात समातेर पुगेकी सो पार्टीकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीलाई पार्टी कार्यालय उद्घाटनमा न देख्दा कार्यकर्ताहरूले केहीले खल्लो महसुस गरेका हुन् ।

    एमालेबाट अलग भएर नेकपा (एस) गठन गरेयता झाँक्री सो पार्टीकी रोलमोडलजस्तै बनेकी झाँक्री कार्यालय उद्घाटनमा  नदेखिएपछि कार्यकर्ताहरूमा झाँक्री दिदी किन आइनन् ? भन्ने चासाे बढ्याे सँगै खाेजि गर्न थाले ।

    कार्यकर्ताले खोजेपछि पत्ता लाग्यो- उनी काठमाडौं बाहिर रहिछन् ।

    नेकपा(एस)निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार झाँक्री पार्टी कामले सल्यान पुगेकी छन् । तेसैले उनी पार्टी कार्यालय उद्घाटनमा सहभागी हुन पाइनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार