काठमाडौं । सरकारले जारी गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीको नक्सा संसदबाट अनुमोदन गर्नका लागि संविधान संशोधनको प्रस्ताव नेपाली कांग्रेसको आग्रहमा सरकारले बुधबार कार्यसूचीबाट हटाएको छ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट निर्णय गर्नुपर्ने भएकाले संविधान संशोधनको प्रस्ताव केही दिन सार्न आग्रह गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बोलाएको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकबाट निर्णय गर्नुपर्ने भनेपछि सरकारले बुधबारको कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटाएको थियो ।
नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने भन्दै बुधबारको कार्यसूचीबाट संविधान संशोधनको एजेन्डा हटाउन लगाए पनि भित्री कारण भने अर्कै रहेको छ । कांग्रेसले सरकारसँग एमसीसी पनि नक्सासँगै संसदबाट पास अनुमोदन गर्नुपर्ने अडान राखेको छ । अर्काेतिर तेस्रो दल जनता समाजवादी पार्टीले मधेशको एजेन्डा पनि समावेश गरी संविधान संशोधन गर्नुपर्ने भन्दैआएको छ । जसपाका ४ अध्यक्ष मध्येका एक डा. बाबुराम भट्टराईले टीकापुर काण्डमा जेलमा रहेका सांसद रेशम चौधरीको रिहाईलाई पनि सर्त बनाएका छन् ।
कांग्रेस एमसीसी र जनता समाजवादी मधेशी पार्टीले विगतमा उठाएको संविधान संशोधनको एजेन्डामा पनि संविधान संशोधन भएमात्र साथ दिने पक्षमा देखिएपछि सरकारले बुधबारको कार्यसूचीबाट हटाएको छ । राष्ट्रियता र सीमाको सवालमा पनि कांग्रेस र जसपाले सर्तमाथि सर्त राखेर सरकारलाई अप्ठेरोमा पार्ने काम गरेका छन् । जुन काम भारतीय पक्षकै योजनाबमोजिम भएको छ । भारत कुनै हालतमा नेपालको संसदबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा अनुमोदन हुन नदिन भगीरथ प्रयत्न गर्दैआएको छ । त्यही भारतीय डिजाइन अनुुसार मंगलबारको बैठकमा देउवाले सीमाको बारेमा हुन लागेको संंविधान संशोधनको प्रस्ताव नै केही दिन पर सार्न लगाएको विश्लेषकहरु बताउँछन् ।
देउवाले केन्द्रीय कमिटी बैठन नै नराखी पार्टीका पदाधिकारीदेखि केन्द्रीय सदस्य एक्लौटी मनोनयन गर्नेदेखि महत्वपूर्ण निर्णय यसअघि गर्दैआएका छन् । तर सीमाको बिषयमा भने केन्द्रीय समिति बैठक राख्नुपर्ने भनेर संविधान संशोधन प्रस्ताव केही दिनपछि मात्र संसदमा ल्याउन आग्रह गर्नुका पछाडि पार्टीभित्रका भारतपरस्त नेताहरुको प्रभाव परेको आँकलन पनि गरिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend