काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को प्रोटोकल अनुरुप घर फर्किनेहरुलाई सीमा पार गर्नुअघि अनिवार्य परीक्षण गर्नुपर्नेमा नगरिएको उल्लेख गरेका छन् । भारतले डब्लुएचओको प्रोटोकल पालना नगरी परीक्षणविना नै नेपालीलाई प्रवेश गर्न दिएको कुरा त प्रधानमन्त्रीले उल्लेख गरेका छन् । तर नेपाल प्रवेश गरेपछि सीमामा उनीहरुको परीक्षण गर्नुपर्ने दायित्व सरकारले पूरा गरेको छैन । परीक्षणविना नै उनीहरुलाई घर पठाउने कामले कोरोना महामारी फैलिएको छ । सीमामा एक दुई दिन क्वारेन्टिनमा राखेर क्रमशः पीसीआर परीक्षण गर्दै पठाएको भए कोरोना महामारी केही हदसम्म नियन्त्रण हुनेथियो ।
भारतबाट आएकालाई सीमाबाट खुरुखुरु पठाउने र गाउँमा हेलिकोप्टरमा स्वास्थ्य सामग्री लिएर परीक्षण गर्न जाने काम सरकारले गर्दैआएको छ । यसले एकातिर भारतबाट आएकाहरुले कोरोना समुदायमा फैलाइसकेका हुन्छन् भने अर्कोतिर आर्थिक ब्ययभार पनि बढी पर्न जान्छ । सीमामै ब्यवस्थित परीक्षण गरेको भए एकातिर समुदायमा फैलिन सक्दैनथ्यो भने अर्कोतिर गाउँ गाउँमा हेलिकोप्टर लिएर जाने खर्च बचत हुन्थ्यो । अहिले जति पनि कोरोना संक्रमित छन्, ती सबै भारतबाटै फर्र्किएकाहरु नै छन् ।
स्थानीय तहसँग समन्वय गर्दै पठाउने
भारतबाट आएकालाई सीमामा राखेर पीसीआर परीक्षण गर्दै सम्बन्धित स्थानीय तहसँग समन्वय गरी सरकारले पठाएको भए कोरोना संक्रमण गाउँ गाउँमा फैलिन सक्दैनथ्यो । हरेक स्थानीय तहले भारतबाट गएका आफ्नो गाउँ वा नगरपालिकाका बासिन्दालाई क्वारेन्टिन गर्थे । तर सरकारले विनापरीक्षण गाउँ गाउँ पठाउँदा कोरोना महामारी समुदायमा फैलिइसकेको छ ।
राजदूताबासले तथ्यांक लिंदै पठाउन किन सक्दैनन् ?
भारत बाहेकका देश विशेषगरी नेपाली कामदार जाने खाडी राष्ट्र यूएई, कतार, साउदीअरब, कुवेत, मलेसिया, बहराइन जस्ता देशबाट नेपाल फर्कन चाहनेहरुको तथ्यांक नेपाली दूताबासले लिनुपर्छ । र, जागिरबाट निकालिएका, अलपत्र परेकाहरुलाई प्राथमिकताक्रममा राखी नेपाल फर्काउन पहल गर्नुपर्छ । र, विमानस्थलबाट नेपालका कुन कुन स्थानीय तहका हुन्, त्यहीँ पुर्याएर क्वारेन्टिन गर्नुपर्ने हुन्छ । कुन कुन स्थानीय तहका हुन् भन्ने कुरा दूताबासले नै तथ्यांक लिएर उनीहरुलाई पठाउन सक्छन् । दूताबास कर्मचारीहरुले आपत् पर्दा यति काम पनि गर्न नसक्ने हो भने उनीहरुलाई प्रधानमन्त्रीले भनेजस्तै जिम्मेवारीबाट अलग गरी अर्को राजदूत पठाउनुपर्छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend