Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाही फिर्ता लिन ओलीलाई गोकर्ण विष्टको आग्रह


    मंगलबार, भाद्र १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले माधवकुमार नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाही फिर्ता लिन आग्रह गरेका छन् ।

    नेता विष्टले मंगलबार साझ सामाजिक सञ्जाल फेसबुक मार्फत माधव नेपालसहितका सांसदहरुमाथिको कारबाही फिर्ता लिएर एकताका लागि थप भूमिका खेल्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका हुन् ।

    नेता विष्टले पार्टी विभाजनको औचित्य पुष्टि गर्न चाहनेहरुका लागि थप बल पुगेको भन्दै एकता पक्षधरहरुलाई निराशा बनाएको पनि  बताएका छन् ।

    हरेक संकटमा संयमीत र सुझबुझपूर्ण निर्णयले नै अपेक्षाकृत सफलता प्राप्त गर्न सम्भव हुने उनको भनाइ छ ।

    नेता विष्टले लेखेका छन्, ‘हामीभित्र देखा परेको असामान्य परिस्थितिमा पार्टीलाई जोगाउन जिम्मेवार र असाधरण भूमिका जरुरी पर्दछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार