Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले ल्यायो अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजन हुने


    मंगलबार, भाद्र १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए पार्टी विभाजन हुनेगरी सरकारले अध्यादेश ल्याएकोे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याएको छ । 

    राजनीतिक दल विभाजनसम्बन्धी ऐनमा यसअघि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या चाहिने ब्यवस्था थियो । तर अब केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा २० प्रतिशत संख्या पुर्याए पार्टी फुट्नेगरी सरकारले अध्यादेश ल्याएको छ ।

    यो अध्यादेश जारी भएपछि एमालेको माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई विभाजन हुन सहज हुनेछ । यी दुवै दलभित्र आन्तरिक विवाद चरमोत्कर्षमा छ । दल विभाजन अध्यादेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको योजना निन्दनीय र अस्वीकार्य भएको बताएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार