Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • प्रधानमन्त्रीको आदेशमा रोकियो डा. जागेश्वर गाैतमकाे सरूवा


    मंगलबार, साउन १९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गरेकाे निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले स्थगित गरेका छन् । 

    स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगाएका हुन् ।

    राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार