Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डले भने– नेपाल समूह सरकारमा सहभागी हुँदैन अब मन्त्रिपरिषद्लाई पूर्णता दिऊँ


    आइतबार, साउन १७ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताएका छन् । 

    प्रमुख सत्तासाझेदार दलका अध्यक्ष प्रचण्डले एमालेको नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएकाले अब मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताएका हुन् । 

    पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार बसेको स्थायी समितिको बैठकमा बाेल्दै प्रचण्डले नेपाल समूह सरकारमा सहभागी हुने सम्भावना अहिलेका लागि टरेकाले अब मन्त्रिपरिषद् विस्तार गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

    व्यक्तिगत रुपमा नेपाल समूह सरकारमा सहभागी हुने अवस्था रहने र संस्थागत रुपमा पनि अहिले वातावरण नबनेकाले अब मन्त्रिपरिषद्लाई पूर्णता दिन विलम्ब गर्न नहुने बताउँदै प्रचण्डले एमालेको एकता नै आफूहरुले पनि चाहेको बताए । 

    त्यस्तै माओवादीले सरकारमा सहभागी हुने नेताहरूको नामबारे सोमबार बस्ने बैठक टुङ्गो लगाउने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार