Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रालय बाँडफाँडको बिषयमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता


    शनिबार, साउन १६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज  भेटवार्ता भएको छ ।

     आज (शनिबार)  बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट भएको हो । भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ ।

    नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र देउवाबीच मन्त्रालय भागबण्डाका बिषयमा समेत कुराकानी भएको छ । सत्तारुढ गठबन्धनका तीन पार्टीबीच मन्त्रालयको संख्या कसले कति पाउने टुंगो लागिसकेको छ । तर कुन मन्त्रालय कसले पाउने भन्ने कुरा मिल्न सकेको छैन । आकर्षक मन्त्रालयमा तीनवटै पार्टीले दाबी गर्न नछाडेपछि भागबण्डा मिल्न सकेको छैन ।

    मन्त्रालयको भागबण्डा शनिबार टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार