Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न क्षेत्रले सहयोगी बनेकाे राष्ट्रपति भण्डारीकाे दावी


    बुधबार, साउन १३ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी छन् ।

    सिन्धुलीको ऐतिहासिकस्थल सिन्धुलीगढीमा निर्मित युद्ध सङ्ग्रहालयको आज उद्घाटन गर्दै उहाँले सिन्धुलीगढी ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको तथा आन्तरिक तथा बाह्य पर्यटक, विद्यार्थी र अनुसन्धानकर्ताहरु सङ्ग्रहालयको अवलोकनमा आउने भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताइन् ।

    उनले पर्यटनका माध्यमबाट सानो अर्थतन्त्र चलायमान हुने र उत्पादकत्व वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति घट्न सक्ने बताउँदै यस्ता गतिविधिले मुलुकमा चुलिएको व्यापारघाटा कम गर्न मद्दत पुग्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न टेवा पुग्ने विचार व्यक्त गरीन् ।

    राष्ट्रपतिले भनिन्, “आजभन्दा करिब अढाई सय वर्षपहिले आक्रमण गर्न आएको विदेशी सेनालाई नेपाली सेना र जनताको वीरतापूर्ण प्रतिरोधबाट परास्त गरी नेपालले विजय हासिल गरेको थियो ।” उनले स्वतन्त्र र स्वाधीन राष्ट्रको पहिचान कायम राख्न ऐतिहासिक घटनाको विशिष्ट स्थान रहेको बताइन ।

    सिन्धुलीगढीलाई विश्वसामु चिनाउन भइरहेका प्रयासबाट सम्पूर्ण नेपाली गौरवान्वित भएका तथा युद्ध सङ्ग्रहालयको निर्माणले ऐतिहासिक सम्पदाको संरक्षण हुनाका साथै सिन्धुली जिल्लालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरीन् ।

    राष्ट्रपति भण्डारीले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबीच पनि नेपाली सेनाले प्राप्त बजेटबाट सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय बनाएकामा प्रशंसा गर्नुभयो । नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमूनाका रुपमा स्थापित सङ्ग्रहालयले देशका अन्य स्थानमा समेत यस्ता ऐतिहासिक धरोहरको निर्माणमा प्रेरणा मिल्ने बताइन् ।

    राष्ट्रपति भण्डारीले नेपालको प्राकृतिक सौन्दर्य, जैविक विविधता, मौलिकतामा सिर्जित सम्पदाले यसलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने र पर्यटन प्रवद्र्धनका माध्यमबाट आर्थिक लाभ लिन सकिने बताइन् ।

    गौरवमय इतिहासलाई बाह्य पर्यटनका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमासमेत प्रवद्र्धन गर्न सकिने भन्दै उनले भनिन्, “ऐतिहासिक पदमार्ग, गढी, प्राकृतिक सम्पदालगायत ऐतिहासिकस्थलको संरक्षणमा नेपाली सेना, स्थानीय समुदायको समन्वय र सहकार्यले निरन्तरता पाउनुपर्नेमा उनले जोड दिइन् ।

    राष्ट्रपति भण्डारीले नेपालको एकीकरण अभियानका ऐतिहासिक सन्दर्भ, घटनालाई विभिन्न तहका पाठ्यक्रममा समावेश गरी राष्ट्र, राष्ट्रियता र राष्ट्रप्रेमको भावनालाई प्रवद्र्धन गर्नुपर्ने बताइन् । उनले पुर्खाको साहस र बलिदानले जोगाएको हाम्रो मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउने दायित्व वर्तमान पुस्ताको काँधमा रहेको बताइन् । इतिहासले सुम्पेको यो अभिभारा पूरा गर्न सबै राजनीतिक दल जननिर्वाचित प्रतिनिधि तथा राष्ट्रिय नेतृत्वका बीचमा सहकार्य र मेलमिलापको भावना अपरिहार्य भएको विचार व्यक्त गरीन् ।

    त्यस अवसरमा कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रतिनिधिसभा सदस्य गणेश पहाडी, वाग्मती प्रदेशसभा सदस्य प्रदीप कटुवाल, विनोदकुमार खड्का, लेखनाथ दाहाल जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । नेपाली सेनाले रु सात करोडको लागतमा निर्माण गरेको सङ्ग्रहालयको विसं २०७६ कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार