काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको बताएका छन् ।
काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताएका हुन् ।
‘हामी दलीय प्रधानमन्त्रीको पक्षमा छौँ, दलीय व्यवस्थालाई परिपक्क बनाउन चाहन्छौँ,’ प्रमुख शाक्यले भने, ‘तर, अदालतको परमादेशबाट निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेका छन् । अहिले मुलुकमा दलको प्रधानमन्त्री छैन ।’ शाक्यले अहिले स्थानीय तह र प्रदेशमा दलीय व्यवस्था भए पनि प्रधानमन्त्री निर्दलीय रहेको दाबी गरे ।
‘दलको ह्वीप नलाग्ने प्रधानमन्त्री भनेको निर्दलीय प्रधानमन्त्री हो । यो विडम्वनापूर्ण अवस्था हो,’ उनले भने, ‘संविधान निर्माताहरुलाई म प्रश्न गर्न चाहन्छु । के संविधान लेख्दै त्यहाँ निर्दलीय प्रधानमन्त्रीको परिकल्पना गरिएको थियो ? कि संविधानको अपव्याख्या गरेर निर्दलीय प्रधानमन्त्री बनाएको हो ?’ उनले संविधान लेख्दा त्यो परिकल्पना गरिएको थिएन होला भन्दै अहिले त्यसलाई अपव्याख्या गरिएको हुनसक्ने बताए ।
‘दलको ह्वीप नलाग्ने, दलको ह्वीप नमान्ने सांसदलाई दलले कारवाही गर्न नपाउने त्यस्तो पनि हुन्छ ? हिजो हामी जुन व्यवस्थाको विरुद्धमा लागेका थियौँ अहिले त्यही व्यवस्थातर्फ धकेल्ने कार्य भैरहेको छ,’ उनले भने, ‘यो गलत छ । योचाँहि प्रतिगमन हो । अहिले प्रधानमन्त्री बनाउने प्रक्रिया नै प्रतिगामी छ । दलीय प्रधानमन्त्री बनाउनुको अर्को विकल्प नभएको उनको भनाई छ ।
‘अब स्थानीय तहको निर्वाचन फागनुमा हुँदैछ । त्यतिबेला हामी जनताको घर–दैलोमा पुगेर भन्नुपर्छ । हामीले ०४६ साल अघिको निर्दलीय प्रधानमन्त्री होइन बहुदलीय व्यवस्थापछिको दलीय प्रधानमन्त्री खोजेका हौँ,’ शाक्यले भने, ‘दलीय व्यवस्थालाई बलियो बनाउन हामी सबै एकजुट हुनुपर्छ । म गगन थापा, विश्वप्रकाश शर्माहरुलाई पनि मुलुकमा निर्दलीय होइन दलीय प्रधानमन्त्री चाहिन्छ भनेर बोल्ने आँट गर्नुहोस भन्ने सुझाव दिन्छु । तर, उनीहरु अब बोल्दैनन् । उनीहरु दुलो पसिसके । अब हामी बोल्छौँ ।’ ‘ह्वीप नमान्नु पार्टीको नितिविरुद्ध काम’ प्रमुख शाक्यले पार्टी भनेको आफ्नो घर भएको भन्दै जुन घरमा हामी बसेका छौँ, त्यो घरको नीति अनुसार, त्यो परिवारको नीति अनुसार चल्नुपर्नेमा पनि जोड दिए ।
‘म निर्वाचनमा सूर्य चिन्ह लिएर उठेको थिएँ । मलाई मतदाताले मेयरमा निर्वाचित गराए । अब म रुख चिन्हमा भोट हाल्छु भन्दै हिँड्न मिल्छ ? मेरो नैतिकताले दिन्छ ? मिल्दैन, दिदैँन,’ उनले भने, ‘अहिले केही साथीहरुले यस्तै नमिल्ने काम गरिरहेका छन् । कुनै दलको चिन्ह लिएर चुनावी मैदानमा आउने अनि विर्नाचित भएपछि स्वतन्त्र बन्ने परिकल्पना हामीले गरेका थिएनौँ । तर, अहिले त्यस्तै काम भैरहेको छ । यो क्षणिक समयका लागि मात्रै हो ।’ उनले दलीय व्यवस्थालाई मास्ने काम भैरहेको र यो गलत परम्पराको थालनी भएको ठोकुवा गरे ।
नेकपा एमालेबाट निर्वाचित केही सासंदहरुले संविधान बचाउन शेरबहादुर देउवाको पक्षमा मतदान गरेको भन्नु हाँस्यास्पद भएको पनि उनले बताए । ‘म उनीहरुलाई भन्न चाहन्छु । त्यतिबेला सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा किन दिएनाै? त्यतिबेला मत दिएको भए संसद विघटन गर्नुपर्ने अवस्था नै रहने थिएन,’ उनले भने, ‘अहिले अर्को पार्टीको नेतालाई भोट दिएर प्रधानमन्त्री बनाउने अनि संसद बचाएको भन्ने कुरा लोकप्रिय बन्न खोज्ने कुरा मात्रै हो ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend