काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को आधिकारसम्बन्धी विवादमा उपेन्द्र यादवको पक्षमा बहुमत जुटेको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । निर्वाचन आयोगले जसपाका कार्यकारिणी समितिका सदस्यहरुको हेडकाउन्टका लागि आज उपस्थित हुन निर्देशन दिएको थियो । हेडकाउन्टका लागि जसपाका कार्यकारिणी समितिका सदस्यहरु प्रायः सबै उपस्थित भइसकेका छन् ।
थुनामा रहेका जसपाका कार्यकारिणी समिति सदस्य रेशम चौधरी पनि सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित हुने भएकाक छन् । उनी जेलबाट आयोगमा आउँदैछन् । चौधरीले पनि उपेन्द्र यादवकै पक्षमा सनाखत गर्ने दाबी यादव पक्षले गरेको छ । चौधरीले महन्थ ठाकुर र राजेन्द्र महतो नेतृत्वको राजपाको तर्फबाट कैलालीमा निर्वाचन जितेका थिए ।
महन्थ ठाकुरले आजको हेडकाउन्ट रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा आइतबार सुनुवाई भएको थियो । सर्वोच्चले हेडकाउन्ट रोक्न माग गरिएको रिटमा अन्तरिम आदेश नदिएपछि आयोगले आज हेडकाउन्ट गरेको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend