काठमाडौं । नेपाल सद्भावना पार्टी हुँदै राष्ट्रिय जनता पार्टी(राजपा) र हाल जनता समाजवादी पार्टी(जसपा) का बरिष्ठ नेता राजेन्द्र महतोलाई उनका निकटस्थहरुले छाड्न थालेका छन् । २ बर्षअघि पीए रविन्द्र चौधरीले नै छाडेका महतोलाई सुरुदेखि साथ दिंदै आएका जसपाका कार्यकारिणी समितिका सदस्य मनिषकुमार सुमनले पनि छाडेका छन् । आज निर्वाचन आयोगमा जसपाको कार्यकारिणी समिति सदस्य र सांसदहरुको हेडकाउन्टमा मनिष सुमनले उपेन्द्र यादवलाई साथ दिएका छन् ।
सद्भावना, राजपा हुँदै जसपामा पनि महतोसँगै रहेका सुमन पछिल्ला दिनमा अध्यक्ष उपेन्द्र यादवसँग नजिकिएका थिए । आज हेडकाउन्टमा उनी यादवतिर लागेपछि उनले महतोलाई छाडेको पुष्टि भएको छ । जसपा केपी शर्मा ओलीको सरकारमा जाने निर्णयपछि सुमन महतोसँग टाढिएका हुन् ।
सुमन सद्भावन पार्टीमा महामन्त्री थिए । राजपामा पनि महासचिव थिए । राजपामा ३१ महासचिवमा उनी एक थिए । जसपामा उनी कार्यकारिणी सदस्य छन् ।
यसैगरी राजपामा अध्यक्षमण्डलका सदस्य रहेका राजकिशोर यादव पनि उपेन्द्रतिरै लागेका छन् । यादव ओली सरकारको अन्तिम कालखण्डमा १२ दिने उद्योगमन्त्री भएका थिए । महन्थ ठाकुर र राजेन्द्र महतोले उनलाई शेरबहादुर देउवालाई भनेर मन्त्री बनाइदिने आश्वासन दिए पनि उनी उपेन्द्र यादवतिरै लागेका छन् । राजकिशोर यादव डा। बाबुराम भट्टराईको पालामा संचार तथा सूचना प्रविधि मन्त्री थिए ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend