Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • एमाले विवाद: दुई अध्यक्ष रहने व्यवस्था गरेर पार्टी एकता हुने


    सोमबार, साउन ११ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले विवाद बढीरहेकाे बेला दोस्रो र तेस्रो तहका नेताहरुले पार्टी एकताको लागि निरन्तर प्रयास गरिरहेका छन् । र उनीहरूकाे याे प्रयासले सार्थकता पाउने सम्भावना बढेर गएको छ ।

    आइतबार नेपाल समूहको अनौपचारिक छलफल र पार्टी एकता पक्षधर सांसदहरुको अन्तरक्रियामा अध्यक्ष केपी शर्मा ओलीसरह अधिकार माधवकुमारलाई पनि दिएर पार्टीको विवाद मिलाउने कुराले चर्चा पाएकाे छ । 

    आइतबार नेपाल समूहका स्थायी कमिटी सदस्यले पनि दुई अध्यक्षलाई समान अधिकार रहने संस्थापन पक्षको प्रस्ताव स्वीकारेर पार्टी एकतालाई जोगाउनुपर्नेमा जोड दिएका छन् । 

    याे सँगै बराबरी अधिकारसहित दुई अध्यक्ष रहने व्यवस्था गरेर पार्टी एकता गर्नुपर्ने भन्दै दुई अध्यक्षात्मक प्रणालीको प्रस्ताव स्वीकार्न ओली र माधवकुमारमाथि दबाब पर्न थालेको छ ।

    संस्थापन पक्षको समान अधिकारसहितको दुई अध्यक्षात्मक प्रणालीको प्रस्ताव स्वीकार्न माधवकुमारमाथि नेताहरुले दबाब दिएका छन् ।

    केही दिन अघि सुवास नेम्वाङसहितका ओली समूहका नेताहरु नेता नेपाललाई भेटेर दुई अध्यक्षको व्यवस्थाका लागि अध्यक्ष ओली तयार रहेको र यसमै सहमति जनाएर विवाद समाधान गर्न आग्रह गरेका थिए । 

    यसमा नेता नेपाल पनि सहमत भइसकेका थिए । तर, अध्यक्ष ओलीले नेता नेपालसहितका २२ जना सांसदहरुलाई आममाफी दिएको अभिव्यक्ति दिएपछि फेरि वातावरण बिग्रिएको थियो । यद्यपि, फेरि नेताहरुको सक्रियता र दबाबले एमाले एकताको बाटोमा अघि बढेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार