पोखरा । पोखरा र आसपासका क्षेत्रमा गुन्डागर्दी तथा चन्दाअसुली धन्दामा संलग्न गुण्डानाइके ललित गुरुङले मन्त्री निवास पुल्चोकमै गएर आइतबार बिहान गृहमन्त्री बालकृष्ण खाँडलाई बधाई दिएका छन् । उनले मन्त्री निवासमा गएर बधाइ दिएको तस्वीर र भिडियो नै फेसबुकमा राखेका छन् । गृहमन्त्री खाँडले पृष्ठभूमि नै नबुझी प्रहरीले गुण्डनाइकेसँग भेटेर फोटो खिचाएका छन् । प्रहरीलाई आक्रमण समेत गरेको आरोप लागेका ललित गुरुङले गृहमन्त्री खाँडसँग खिचेको तस्वीर सामाजिक संजालमा राखी उनलाई विवादमा पारिदिएका छन् ।
गुरुङ २०७४ चैत २५ मा ‘एलजी ग्रुप’को नाममा गुन्डागर्दी तथा चन्दाअसुली गरेको आरोपमा पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले ललितलाई पक्राउ गरेको थियो । ललितसँगै अन्य २ जनालाई पोखरा बैदामबाट पक्राउ गरिएको थियो । ‘एलजी ग्रुप’को नाममा गुन्डागर्दी, हातहतियार तथा चन्दाअसुली धन्दा चलाउँदै आएका गुरुङ यसअघि पनि पटक पटक पक्राउ परेका थिए ।
गुरुङले पछिल्लो समय म्यानपावर व्यवसायीदेखि उद्योगी तथा होटल व्यवसायीसँग चन्दा माग्ने र धम्क्याउने गरेको प्रहरीले बताएको छ । मिटर ब्याजमा पैसा लगाउनेमा पनि उनी सामेल भएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको थियो । धाकधम्की देखाई चन्दा असुली गर्ने काममा सक्रिय रहेको सूचनाका आधारमा पक्राउ गरेको जानकारी प्रहरीले दिएको थियो ।
गुण्डागर्दीमा संलग्न गुरुङ पछिल्लो समयमा राजनीतिक आवरणमा संरक्षित हुँदै आएका छन् । उनी तरुण दल लमजुङका सभापतिसमेत भइसकेका छन् । प्रहरीले निगरानी गर्न थालेपछि उनी राजनीतिक संरक्षणको खोज्दै तरुण दलको नेता बनेका थिए ।
ललित गुरुङको एलजी ग्रुपका दिलवहादुर गुरुङ ‘दिले’ प्रशान्त गुरुङ अबैध हतियार देखाएर असुली गरेको अभियोगमा पटक पटक पक्राउ परी छुट्दै आएका छन् ।
ललित गुरुङसहित १० जनालाई २०७५ साउनमा जिल्ला प्रशासन कार्यालयले गुण्डागर्दी, हप्ताअसुली र मिटर ब्याजमा संलग्न भएको भन्दै २५ हजार रुपैयाँ जरिवाना र ६ महिना कैदसंजाय तोकेको थियो ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend