काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले नेता महेश बस्नेतले बरिष्ठ लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलालाई धम्की दिएका छन्।
एमाले सांसद एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट रहेका बस्नेतले यसअघि पार्टीकै बरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भौतिक आक्रमण गर्ने चेतावनी दिएका थिए ।
आफूलाई सांसद बस्नेतले तह लगाउने धम्की दिएको लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत बताएका हुन् ।
यसअघि शाही शासनमा सेनाको धम्की झेलेको बताउँदै लेखक संग्रौलाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ। अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।’
आफूलाई केपी ओलीको आदेशबमोजिम धम्की आएको समेत उनले उल्लेख गरेका छन्। ‘तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला। धन्य ओली सर !,’ उनले लेखेका छन्।
शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका पराेक्ष धम्की झेलेकाे थिएँ।अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।तह लाउने बदनाम गरेर,कुटेर हाे कि मारेर हाे?याे अति उदार र सहिष्णु ओली सरकाे आदेशबमाेजिमकाे धम्की त हाेला।धन्य ओली सर!
— Khagendra Sangroula (@belakoboli) July 25, 2021
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend