काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा विगतमा जस्तो पारिवारिक हस्तक्षेपबाट टाढा रहने अपेक्षा गरिएको थियो । तर प्रथम ग्रासे मक्षिकापातमु भन्ने संस्कृत श्लाोकलाई चरितार्थ गर्दै उनले अस्पताल संचालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन् ।
निजी स्कुलबाट अकूत सम्पत्ति आर्जन गरी अस्पतालदेखि बैंंक लगायतका क्षेत्रमा लगानी गरेका ब्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेपछि सामाजिक संजालमा देउवाको चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री देउवाले पार्टीलाई चुनावमा आर्थिक सहयोग गरेकै आधारमा श्रेष्ठलाई राज्यमज्त्री बनाएको भन्ने आरोप पनि छ । त्यसो त श्रीमती आरजु देउवाको दबाब थेग्न नसकेर उनले श्रेष्ठलाई हतार हतार राज्यमन्त्री बनाइहालेको चर्चा पनि कांग्रेसभित्र छ ।
उमेश श्रेष्ठले हात्तीवनस्थित लिटिल एन्जल्स स्कुल रहेको स्थानमा रहेको कर्मनाशा खोला नै मिचेर बीसौं रोपनी सरकारी जग्गा अतिक्रमण गरेको आरोप पनि छ ।
अस्पताल संचालकलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्ति गरिएको बिषय जोडतोडले उठेको छ । अस्पताल संचालकलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिंदा उनको लगानी रहेका अस्पतालले त्रुटिपूर्ण काम गर्दा कारबाही कसले गर्ने ? स्वास्थ्य मन्त्रीको अस्पतालमा अुनगमन कसले गर्ने ?
मन्त्री श्रेष्ठ जनमैत्री अस्पतालका लगानीकर्ता हुन् भने उनले ललितपुरको एकान्तकुनामा हेलोइस नामक बुटीक अस्पताल संचालनमा ल्याउँदैछन् । श्रेष्ठ महेन्द्र नारायण निधी अस्पताल ट्रष्टका पनि अध्यक्ष हुन् । उनले नेपालमा हस्पिटल चेनको अवधारणा पनि ल्याएका छन् ।
देउवाभन्दा अघिका प्रधानमन्त्री केपी शर्मा ओलीले मोति दुगडलाई उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाएका थिए । दुगडले राज्यमन्त्री पदलाई तस्कर र कालोबजारी गर्ने ब्यापारीहरुको बीचौलियाका रुपमा भन्सार छुटाउने र बाणिज्य विभागबाट हुने अनुगमन रोक्न दुरुपयोग गरेका थिए । ओलीले राज्यमन्त्रीबाट हटाएपछि दुगडलाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनाए ।
आर्थिक सल्लाहकार भएपछि दुगडले ओलीलाई थापाथलीमा एक मारवाडीको घर एमालेका लागि कार्यालयका रुपमा मिलाएर धेरै निर्णय गर्न लगाए । त्यसमा नूनको ब्यापार गर्ने अनुमति पनि एक हो । नूनको ब्यापार साल्ट ट्रेडिङ लिमिटडले गर्दैआएको छ । साल्ट ट्रृेडिङले भारतबाट सस्तोमा नून आयात गरी सुलभ मूल्यमा नून उपलब्ध गराउँदैआएको छ । तर ओली सरकारले नूनको ब्यापारमा दुगडलाई इन्ट्री गराई साल्ट ट्रेडिङबाट खोस्ने तयारी गरेका थिए । साल्ट ट्रृेडिङबाट नूनको ब्यापार खोसेर दुगडजस्ता ब्यापारीलाई दिनुको उद्देश्य नै गलत रहेको खुलासा भएको छ । दुगडलाई नूनको ब्यापारमा छिराउने र पछि नून अभाव देखाएर कार्टेलिङ गरी उपभोक्तालाई महंगो मूल्यमा नून किन्न बाध्य पार्ने नीतिमा ओली सरकार अगाडि बढेको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend