Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्कुल संचालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री


    आइतबार, साउन १० २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छिन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन् । योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ । 

    कांग्रेसका समानुपातिक सांसद श्रेष्ठ भोजपुरका हुन् । उनी लिटिल एन्जल्स विद्यालयका सञ्चालक हुन् । 

    नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठकाे सपथ अपरान्ह ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हुने छ।

    2._म._मनतरक_करयभर_तकन_भएक_वजञपत__2078-4-10_LGkEQix27P.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार