Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधवकुमार नेपाल केपी ओलीभन्दा शक्तिशाली बन्दै


    आइतबार, साउन १० २०७८
    3.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सशक्त भूमिका खेलेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष केपी शर्मा ओलीभन्दा शक्तिशाली हुने देखिन्छ ।

    प्रधानमन्त्री देउवाले पूर्ववर्ती सरकारले गरेका राजनीति नियुक्तहरु उल्ट्याइ नयाँ नियुक्तिको तयारी गरिरहदाँ सत्तादेखि राजनीतिक नियुक्तिमा नेता नेपाल पनि हिस्सेदारी बन्नेछन् ।

    ११ जना राजदूतको नियुक्ति गरेको देउवा सरकारले अब सातवटै मुख्यमन्त्री बर्खास्त गरेर नयाँ नियुक्तिको तयारी गरेको छ ।  

    सात  प्रदेश प्रमुखमध्ये कांग्रेस, माओवादी र नेपाल समूहले दुई दुई जना र जसपाको उपेन्द्र यादव पक्षले एकजना पाउने गठबन्धनका नेताहरुबीच अनौपचारिक सहमति भएको छ । यस्तै राजदूतमा पनि नेपाल समूहले भाग पाउनेछ । 

    अझै मन्त्रिपरिषद्मा पनि भाग पाउनेछन् । हालसम्म नेताहरुको भनाइअनुसार नेपाल समूहले ८ जना मन्त्री, २ जना मुख्यमन्त्री, २ जना प्रदेश प्रमुख, ४ जना राजदूतको भाग पाउनेछ । साथै विभिन्न स्थानमा आफ्नो समूहका मान्छेहरुलाई सेटल गराउन सक्ने हैसियतमा नेता नेपाल रहेका छन् । 

    आफूलाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका निर्वाह गरेका नेता नेपालको माग र समस्या सम्बोधन गर्न देउवा पनि राजी हुने नेताहरु बताउँछन् । गठबन्धनको बैठकमा पनि नेता नेपाललाई राजनीतिक सहजताका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । 

    सत्तादेखि राजनीति नियुक्तिसम्मको भागबण्डाको हिस्सेदार बन्दै विभिन्न क्षेत्रमा आफ्नो मान्छेलाई सेटल गराउने स्थामा रहेकाले एमालेकै नेताहरुले नेपाललाई सघाउन सक्छन् । 

    यसरी हेर्दा एमाले नेता नेपाल ओलीभन्दा शक्तिशाली बन्ने स्पष्टै देखिन्छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार