काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले उपाध्यक्ष भीम रावलले आफूले राजीनामा दिएर एमाले ढाल्ने षडयन्त्रको विरुद्धमा उभिएको बताएका छन् ।
शनिबार राति सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया प्रतिक्रिया दिँदै एमाले उपाध्यक्ष रावलले पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलनको भलो नहुने भन्दै एमाले ढाल्ने षडयन्त्रको विरुद्धमा उभिएको स्पष्ट पारेका छन्।
शनिबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रावलको राजीनामालाई ‘ढलेको’ बताएसँगै प्रतिक्रिया दिएका रावलले थपेका छन् ‘प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा एमालेलाई ढाल्ने षडयन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ। एमसीसी, नागरिकता, लिम्पियाधुरा-लिपुलेक-कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो?’
यस्तै, नेता रावलले गठबन्धन प्रतिनिधिसभाको पुनःस्थापनाको लागि र त्यस क्रममा देउवालाई प्रधानममन्त्री बनाउन भएको उल्लेख गरेका छन् । जसमा देउवाको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डको स्वार्थ आफ्ना पार्टीका मानिसलाई मन्त्री बनाउने, उपेन्द्र यादवको स्वार्थ महन्थ ठाकुरसँगको संघर्षमा जित हासिल गर्ने र माधवकुमार नेपालको स्वार्थ पार्टीमा स्वेच्छाचारी क्रियाकलापलाई पराजित गर्ने रहेको उनले लेखेका छन्।
‘कोही पनि आफ्नो पार्टी फुटाएर अरु कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन्’, उनले उल्लेख गरेका छन्।
प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हुँ, पुष्पकमल दाहाल’प्रचण्ड’जीले भन्नुभएझैं ‘ढलेको’ होइन।थप कुरा यस प्रकार छन्: pic.twitter.com/bh6zVzR0D9
— Dr. Bhim Rawal (@BhimRawal179) July 24, 2021
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend