Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • जसपाका दुवै पक्ष अलग अलग बैठक बस्दै, कार्यकारिणी समितिमा बहुमत जुटाउने कसरत


    शनिबार, साउन ९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पार्टी एउटै भए पनि मन छुट्टाछुट्टै भएका जनता समाजवादी पार्टीका दुवै समूह भावी रणनीति तय गर्न छलफलमा जुटेका छन् । दुवै समूहले आआफ्नो पक्षमा बहुमत पुर्याउनका लागि सबै खालका उपाय अबलम्बन गरिरहेका छन् ।

    निर्वाचन आयोगले साउन ११ मा केन्द्रीय कार्यकारिणी समिति र सांसदहरुलाई नागरिकता सहित उपस्थित गराई टाउको गन्ने(हेडकाउन्ट) गर्ने भएको छ । आयोगले हेडकाउन्ट गर्ने भएपछि जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षले आज छुट्टाछुट््टै कार्यकारिणी समितिको बैठक राखेका छन् ।

     हेडकाउन्ट रोक्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । रिट दायर गरेको महन्थ पक्ष पनि आज बैठक बस्दैछ ।

    जसपाका अध्यक्ष महन्थ ठाकुर समूहको बैठक बबरमहलस्थित पार्टी कार्यालयमा १ बजे बोलाइएको छ । उपेन्द्र यादव समूहको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा १२ बजे बस्ने बस्दैछ ।  

    उपेन्द्र यादव समूहले सपाको एकीकरणका बेला निर्वाचन आयोगमा बुझाएको कार्यकारिणी समितिलाई मान्यता दिन माग गरेको छ । त्यही कुरालाई आधार मानी निर्वाचन आयोगले हेडकाउन्ट गर्ने निर्णय गरेको छ । महन्थ ठाकुर पक्षले भने पछि थप गरिएका कार्यकारिणी समितिको गणना हुनुपर्ने माग गरेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार