Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बूढानीलकण्ठमा कांग्रेस पदाधिकारीको बैठक, अबदेखि बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्ने देउवाको घोषणा


    शुक्रबार, साउन ८ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि बैठक नराख्ने भएपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बूढानीलकण्ठमा बोलाएका छन्।

    देउवाले शुक्रबार बिहान ९ बजे निजीनिवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन्।

    बैठकमा आसन्न १४औँ महाधिवेशन तयारी तथा अन्य समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

    यसअघि पार्टी प्रमुख प्रधानमन्त्री बन्दा उसका प्राय: बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरेका थिए। कांग्रेसले यसअघि सभापति देउवा बालुवाटार भित्रिएकै दिन बालुवाटारमा पदाधिकारी बैठक गरेको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार