Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • ओली सरकारको नेतृत्वमा संविधान पूर्ण कार्यान्वयनमा आएको एमालेको निष्कर्ष


    बिहिबार, साउन ७ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । चार दिनदेखि जारी नेकपा (एमाले) केन्द्रीय कमिटीको दसौं बैठक बिहीबार सम्पन्न भएको  छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको ४१ महिनाको कार्यकालमा संविधान पूर्ण कार्यान्वयनमा आएको ठहर गरेको छ ।

    एमाले बैठकले सर्वोच्च अदालतको परमादेशका कारण पार्टी सरकारबाट बाहिरिनु परेको उल्लेख गरेको छ । पार्टीकै नेता तथा सांसदहरु आफ्नो नेतृत्वको सरकारलाई विस्थापित गरेर विपक्षीलाई सरकार बनाउन प्रयोग भएको अवस्था र यसले पार्टीको एकतामा पारेको प्रतिकूल प्रभावलाई एमालेले अस्थायी परिघटनाका रुपमा विश्लेषण गरेको छ ।

    एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ–‘एमाले जन्मकालदेखि नै यस्ता षड्यन्त्र, धक्का र अन्तरघातहरुको सामना गर्दै अगाडि बढेको पार्टी भएकाले हरेक प्रतिकूलतालाई चिर्दै नयाँ–नयाँ सफलता र उचाइ हासिल गर्दै आएको ऐतिहासिक यथार्थलाई स्मरण गर्दै बैठकले सिङ्गो पार्टी पङ्क्तिलाई अविचलित रुपमा र उच्च मनोबलका साथ अगाडि बढ्न आह्वान गर्दछौं ।’ 

    बैठकले पारित गरेका प्रस्तावहरु

    UML!.jpg

     

    UML!.jpg

    3.jpg

    5.jpg

    7.jpg

    9.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार