Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपाल र केपी शर्मा ओलीबीच तेस्रो पटक भेटवार्ताको तयारी, एमालेमा होला त एकता ?


    बिहिबार, साउन ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्ताबाट बहिर्गमनलगत्तै महेश बस्नेत र रमेश पौडेलले जम्मा पारेको भीडसामु बालकोटको बार्दलीबाट अमर्यादित शब्दबाण प्रहार गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली अन्ततः बरिष्ठ नेता माधवकुमार नेपालसँग एकताका लागि भेटवार्ता गर्न सहमत भएका छन् ।

    ओली र नेपालबीच आजै राति भेटवार्ता हुने भएको छ । ओली समूहका दोस्रो तहका नेताहरुको सक्रियतामा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुन लागेको बताइएको छ । एमालेको संसदीय दलका उपनेता सुवास नेम्वाङले नै दुई नेताबीच भेट हुन लागेको पुष्टी गरेकाक छन् ।  

    सत्ताबाट बाहिरिएको ९ दिनमै ओली फतक्कै गलेका छन् । बालकोटको बार्दलीबाट माधव नेपाललाई लाजशरम नभएका अपराधीको संज्ञा ओलीले असार ४ गतेदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सुरु दिन गद्दार भनेका थिए । र, प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।

    बुधबारको बैठकले २२ सांसदलाई स्पष्टीकरणको पत्र नै पठाइयो ।  बुधबारै स्पष्टीकरण पत्र काटेका ओलीले सोही दिन नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भएको सार्वजनिक भयो । यद्यपि उक्त कुरा बुधबार बेलुका नै ओलीका निकट नेता शंकर पोखरेलले खण्डन गरिसकेका छन् ।

     बिहीबारको केन्द्रीय कमिटी बैठकमा माधव नेपालसहितका नेतालाई आममाफी दिएको कुरा सार्वजनिक भएको छ । नेकपादेखि एमालेसम्मको विभाजन र फुटमा मुख्य हात ओलीको भएकाले उनले माफी माग्नुपर्ने हो । तर उनले केन्द्रीय कमिटी बैठकमा ‘माफी’ दिन्छु भनेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार