Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फ्लोर क्रस गर्ने माधव पक्षका २२ सांसदले बुझाए ओलीलाई स्पष्टीकरण (पत्रसहित)


    बिहिबार, साउन ७ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं ।  नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित फ्लोर क्रस गर्ने २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । 

    माधव नेपाल पक्षका सांसद मेटमणि चौधरीका अनुसार नेताहरुले स्पष्टीकरणको छुट्टाछुट्टै जवाफ दिएका छन् । 

    अध्यक्ष ओलीलाई सम्बोधन गरेर चौधरीले बुझाएको जवाफमा साउन ४ गतेको पत्रमार्फत उठाएका सवालहरूलाई नेकपा एमालेभित्र पछिल्लो समयमा विकास भएका राजनीतिक र सांगठनिक परिवेशमा हेर्न वाञ्छनीय भएकाे बताइएकाे छ।

    उनले जवाफमा ‘२०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बोलाइ एकताबद्ध भएर निर्णय गरी अगाडि बढ्नुपर्नेमा विधिवत बैठक बोलाउनुको साटो पार्टी अध्यक्षले २०७७ फागुन २८ गते केन्द्रीय कमिटीका सवै सदस्यहरुलाई जानकारी नै नदिई गुटगत रुपमा प्रधानमन्त्रीको सरकारी निवासमा आफ्नो मत मिल्नेहरूको भेला बोलाइ केन्द्रीय कमिटीको कथित विशेष बैठक भनेर पार्टीको विधान र प्रक्रिया विपरित नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, नेकपा एमालेको सदस्य नै नरहेका २३ जन व्यक्तिलाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधानमा संशोधन गर्ने जस्ता निर्णय गरेको पाइयो । यो काम कसरी विधानसम्मत हुनसक्छ ?’ भन्दै प्रश्न गरेका छन् । 

    1_xg45qhQlUp.jpg2_gSkoYtEzqQ.jpg3_Lzb4achuNQ.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार