Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • भोलि देखि कांग्रेसकाे पदाधिकारी बैठक बुढानिलकण्ठमा


    बिहिबार, साउन ७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने भएका छन् । 

    कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने बताएका छन् ।

    ‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि कांग्रेसको औपचारिक बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने भएको छ। सोही निर्णयको कार्यान्वयनको प्रारम्भ भोलि साउन ८ मा पार्टी पदाधिकारी बैठक र पूर्वपदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दैछ,’ महामन्त्री खड्काले भने ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार