Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकता प्रस्तुत गर्न सकेमात्र पुष्पलालप्रति सच्चा सम्मान हुन्छ: मुख्यमन्त्री पौडेल


    बिहिबार, साउन ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभाजित मानसिकताबाट नभई कम्युनिष्ट आन्दोलनको मूल प्रवाहीकरणमा अन्य मित्र शक्तिलाई समेत समाहित गरेर अघि बढेमात्र पुष्पलालप्रति सही सम्मान व्यक्त हुने धारणा राखेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले टुटफुट, एकता र विभाजनको अनेकन शृङ्खला पार गर्दै अघि बढेको कम्युनिष्ट आन्दोलनले विगतको तितामिठा अनुभवबाट सिकेर अगाडि बढ्न सक्दा मात्र वर्तमानको कार्यभार पूरा गर्न सकिने उल्लेख गरेका छन ।

    पौडेलले व्यक्तिगत कुण्ठा, द्वेष र अतृप्त आकांक्षाको परिपूर्तिका लागि जनादेशको अवमूल्यन गर्दै कम्युनिष्ट आन्दोलनलाई वर्गशत्रुको अगाडि आत्मसमर्पण गराउने प्रवृत्तिप्रति सचेत र सजग रहँदै प्राप्त उपलब्धिको बारेमा जनतालाई सुसूचित गर्नुपर्ने धारणा व्यक्त गरेका छन । पौडेलले समृद्धिको सपनालाई यथार्थमा बदल्न मिल्ने जति सबैसँग मिल्न सकिने धारणा राखेका छन ।

    “पुष्पलालले प्रस्तुत गरेकाे विचारकै जगमा पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्थाको स्थापना भएको थियो । विसं २००६ मा उनको नेतृत्वमा स्थापित कम्युनिष्ट पार्टी विभिन्न आरोहअवरोहको सामना गर्दै अघि बढेको छ । टुटफुट, एकता र विभाजनको अनेकन शृङ्खला पार गर्दै अघि बढेको कम्युनिष्ट आन्दोलनले विगतको तितामिठा अनुभवबाट सिकेर अगाडि बढ्न सक्दा मात्र वर्तमानको कार्यभार पुरा गर्न सक्नेछ । राजनीतिक अधिकार प्राप्तिको आन्दोलनले सफलता पाएसँगै अब हाम्रो प्राथमिक कार्यभार जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्नु हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ त्यही आकांक्षाको अभिव्यक्ति हो”, सन्देशमा उल्लेख छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार