काठमाडाैं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।
रावललाई भेट्न उनकै निवास टोखा पुगेका नेपालले तपाईँले किन राजीनामा गर्नुभयो ? पहिला राजीनामा फिर्ता गर्नूह अनि बल्ल अरू कुराहरू हुन्छ भन्दै राजीनामा फिर्ता लिन आग्रह गरेका हुन् ।
रावललाई माधव नेपाललले- ‘तपाईँले किन राजीनामा गर्नुभयो। पहिला राजीनामा फिर्ता गर्नूहोस्। राजीनामा फिर्ता गरेपछि बल्ल अरू कुराहरू हुन्छ। इन्तु, किन्तु परन्तु केही नभनी राजीनामा फिर्ता गर्नूहोस्,’ नेपालले रावललाई भने, ‘राजीनामा दिने तपाईको नैशर्गिक अधिकार हो। तर राजीनामा गर्न पाउन्नस् भन्ने पनि हाम्रो अधिकार हुन्छ, जनताको अधिकार हुन्छ। त्यसैले तपाईले दायाँ बायाँ केही नभनी राजीनामा फिर्ता लिनुहोस् त्यसपछि अरू कुराहरू हुन्छ।’
भेटवार्तामा नेताद्वयबीच प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा रावलले दिएको राजीनामा र पार्टीभित्रको समस्याका बारेमा छलफल भएको थियो ।
रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा नेपाल पक्षमा मतभेद हुँदा आइतबार प्रतिनिधिसभा पदबाट राजीनामा दिएका थिए ।
आज बसेको नेपाल पक्षको बैठकमा पनि रावल अनुपस्थित भएका थिए । त्यसपछि नेपाल रावललाई भेट्न टोखा पुगेका हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend