Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • बिपीलाई सम्झँदै कांग्रेस सांसद अमरेशकुमार सिंहद्वारा राजीनामाको घोषणा


    बुधबार, साउन ६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद अमरेशकुमार सिंहले आफूले सांसद पदबाट राजीनामा दिने निर्णय गरेकाे बताएका छन् ।

    क्रियाशील सदस्यता वितरणमा व्यापक रूपमा धाँधली भएको र वर्षौंदेखि कांग्रेसमा काम गर्दै आएका इमान्दार कार्यकर्ताहरू मर्कामा परेकोले आफू सांसद पदमा बसिरहन उपर्युक्त नहुने भन्दै उनले राजीनामा दिन लागेका हुन्। 

    प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई आज ६ बजे बालुवाटारमा भेटेर उनकाे हातमा राजीनामा पत्र  बुझाउने तयारी गरेकाे सिंहले बताएका छन् । 

    पार्टी कार्यालयमा सर्लाही, धनुषा, बारालगायत जिल्लाका नेता तथा कार्यकर्ताहरू विगत दुई सातादेखि अनसन र धर्नामा बसे पनि नेतृत्वले समस्या समाधान गर्न ध्यान नदिएको सिंह बताउँछन् । 

    उनी सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट गत निर्वाचनमा बिजयी भएका थिए । 

    क्रियाशील सदस्यता वितरणको नाममा पार्टीमा काम नगरेका ठेकेदारलगायतलाई क्रियाशील दिइएको आरोप उनको छ।

    ‘आज बिपी स्मृति दिवस पनि बिपीलाई सम्झँदै सांसद पदबाट मैले राजीनामा दिने निर्णय गरेँ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार