काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका नेता एवं पूर्वमन्त्री प्रभु शाहले ‘आइटी आर्मी’ को घोषणा गरेसँगै एमालेमा हलचल मच्चिएको छ ।
सुचना प्रविधि मार्फत नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ मंगलबार स्वतन्त्र युवाहरुको प्रयासमा आइटी.आर्मी नामको एक संगठन निर्माण भएपछि एमालेमा ‘साइबर सेना’ रहेकाे भन्दै आइटी आर्मीको स्थापनाले हलचल मच्चिएको हो ।
सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी निर्माण गरिएको प्रभु साहले बताएका छन् ।
मंगलबार भक्तपुर लोकन्थलीको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममार्फत चन्द्र भुषण साहको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दै आइटी आर्मी संगठनको घोषणा गरिएको थियो ।
तर, आइटी आर्मीको घोषणा गरिँदा च्यासलमा एमालेको केन्द्रीय कमिटी बैठक बसिरहेको थियो । सो बैठकमा आइटी आर्मीबारे नेताहरुले सोधखोज पनि गरेका थिए ।
टोपबहादुर रायमाझी, लेखराज भट्टसहित पूर्वमाओवादी नेताहरूको सहभागितामा गरिएको आइटी आर्मीको घोषणाले एमालेमा विवाद हुन सुरु गरेको नेताहरुको भनाइ छ ।
महेश बस्नेतको नेतृत्वमा ‘साइबर सेना’ परिचालन गरेको भन्दै एमाले आलोचित भएका बेला औपचारिक रुपमै आइटी आर्मी संगठन घोषणा गर्नु गलत रहेको एमालेकै नेताहरुले बताउन थालेका छन् ।
आइटी आर्मी घोषणा गर्दा साहले एमालेका अन्य नेताहरुलाई निम्तो दिएका भए पनि सहभागी नभएको बताइएको छ । सो कार्यक्रममा महेश बस्नेतलाई पनि डाकिएको थियो । तर, उनले बहिस्कार गरेको बुझिएको छ ।
साहले आइटी आर्मी घोषणा गरेपछि महेश बस्नेत चिढिएका बताइएको छ । यता आफ्नो निमन्त्रणा अस्वीकार गरेकोमा बस्नेतदेखि साह पनि चिढिएका छन् ।
तर, यसबारे औपचारिक रुपमा बस्नेत र साहले केही बताएका भने छैनन् । उनीहरुनिकट नेताहरुका अनुसार आइटी आर्मी घोषणले एमालेभित्र विवाद भएको र बस्नेतले पनि असन्तुष्टि जनाएका छन् ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend