Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिदेशमा गरेको उपचार खर्च राज्यले ब्यहोर्नु गैरकानुनी हो: गगन थापा


    बुधबार, साउन ६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले राष्ट्रपति, प्रधानमन्त्री देखि अन्य नेताहरूले विदेशमा गराएकाे उपचारको खर्च राज्यले ब्यहोर्नु गैरकानुनी भएकाे बताएका छन् ।

    आज सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन भन्ने कानून २०७५/६/२ गतेदेखि लागू भइसकेकोले उक्त कुरा गैरकानुनी भएकाे बताएका हुन् ।

    ‘यो कानुन कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन। कानूनको यो व्यवस्थाको सम्बन्धमा प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ,’ थापाले भने ।

    खनाललाई उपचार गराउन परिवार, पार्टी नै लागिरहेको पनि थापाले बताए। ‘उहाँलाई उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै । यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टिकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ,’ थापाले भनेका छन् ।

    थापाले आज प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराउँदै विदेशमा उपचार गराउने व्यक्तिलाई सरकारले खर्च ब्यहोर्न नपाउने भनेका छन् ।

    ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानूनी हो र अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाइ उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ,’ थापाले भनेका छन् ।

    यसाघि ओली सरकारको पालामा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च दिनु गलत भएको भन्दै थापाले बिरोध गरेका थिए । अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः खनाललाई उपचार खर्च दिने कुरा आएपछि थापाको उक्त भनाइलाई सामाजिक सन्जालमा उचालिएको छ । सामाजिक संजालमा ब्यापक बिरोध भएपछि थापाले बिदेशमा उपचार खर्च दिने कुरा गैरकानुनी नै भएको उल्लेख गरेका छन् ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार