Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफ्नै नेताको जिउँदै सबयात्रा र दाहसंस्कारः ओलीले सिकाएको घृणा र द्वेषको उपज 


    बुधबार, साउन ६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिका न्यूनतम मूल्य–मान्यताका सबै सीमाहरु भत्काउँदै आएका थिए नै, अब त लोकतन्त्रका लागि लामो समय लडेका आफ्नै पार्टीका नेता माधवकुमार नेपालको जिउँदै सबयत्रा, दाहसंस्कार र बाँदर जुलुस निकालेर संस्कारहीनताको पराकाष्टा नै नाघेका छन् ।

    ओलीसँग बिमति राखेर उनले असंवैधानिक रुपमा बिघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापनाका लागि अदालतमा रिट हालेकै आधारमा उनलाई अति निकृष्ट गालीगलौज गर्नेदेखि जिउँदै दाहसंस्कार गर्ने कार्य ओली निर्देशनमा भइरहेको छ ।

     सभ्य समाजकै लागि लाजमर्दो ढंगको बिरोध ओलीनिकट सांसद महेश बस्नेतको नेतृत्वमा युवासंघले गरेको छ । ओलीकै योजनामा एमालेको युवासंघले गरेको बिरोधको यस्तो भद्दा तरिकालाई अहिलेसम्मकै असभ्य र संस्कारहीन बिरोधको संज्ञा दिंदै सामाजिक संजालमा बिरोध भइरहेको छ ।

    सामाजिक संजालमा एमालेको युवासंघले बिरोधका नाममा आफ्नै नेतालाई जिउँदै दाहसंस्कार गर्ने कार्यको बिरोध भइरहेको छ । यसअघि पनि पार्टीहरु फुटेका छन्, तर ओलीले जस्तो आफ्ना सहकर्मीको जिउँदै दाहसंस्कार कसैले गरेनन् । सडकमा बाँदर जुलुस पनि निकालेका थिएनन् ।

    ओलीले आफ्नो पदीय स्वार्थका लागि संविधानविपरीत पटक पटक जनताको प्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा बिघटन गरेकाले एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनसँग मिलेर सर्वोच्च अदालतमा रिट दायर गरे । सर्वोच्चले एमालेका २३ सहित १४६ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेशको माग गरेका थिए । सर्वोच्चले असार २८ मा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश दियो । देउवाको पक्षमा परमादेश आइसकेपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्यो ।

    प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको आक्रोशमा त्यही दिनदेखि ओलीले उनी निकट सांसद महेश बस्नेतको नेतृत्वमा सडकमा ताण्डवनृत्य देखाउने र बालकोटमा अराजक झुन्ड जम्मा पारी बार्दलीबाट माधव नेपालमाथि निकृष्ट गालीगलौज गरे । उनीनिकट युवासंघले माधव नेपालको पुतला जलाउने, फाँसीको माग गर्ने र कालोमोसो दल्ने र गालीगलौजयुक्त नाराबाजी त गर्न लगाए । त्यतिले पनि नपुगेर सोमबार पूर्वप्रधानमन्त्री तथा बरिष्ठ नेता माधव नेपाल र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको जिउँदै सबयात्रा निकालेर दाहसंस्कार गर्ने हर्कत पनि गरे । जुन हर्कतलाई संस्कारहीनताको पराकाष्टाकै रुपमा लिइएको छ । सामाजिक संजालमा पनि ओलीले नेतृत्व गरेको पार्टीका युवाहरुको यो हर्कतलाई चरम असभ्यताका रुपमा चित्रण गरिएको छ । यो ढंगको बिरोध प्रदर्शनले एमालेको क्षयीकरण गरेको छ ।

    olika badar.jpg

    ओलीले युवासंघमार्फत् गराएको घृणा र द्वेष फैलाउने कार्यको दोस्रो पुस्ताका नेताहरु बिष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवालीहरुले चुईक्क बोल्न सकेका छैनन् । सभ्य समाजलाई अपाच्य हुने यस्ता अराजक गतिबिधि हुँदा पनि बिरोध नगर्ने र ओलीलाई सच्चिनका लागि सुझाव समेत दिन नसक्ने निरीहता दोस्रो पुस्ताका यी नेताले देखाएकाक छन् । कमसेकम यस्तो घृणा र द्वेषपूर्ण क्रियाकलापको बिरोध गर्ने हिम्मत दोस्रो पुस्ताका नेताहरुले देखाउन नसक्नु लााचारीपन हो ।

    पार्टीमा लामो समय नेतृत्व गरेका र १५ बर्ष प्रमुख भएका माधव नेपालको बिरोध गर्न पाइन्छ । तर बिरोध गर्ने सभ्य तरिका छन् । तर सबै खालका हद पार गरेर बिरोधको जुन तरिका अपनाइएको छ, यस्तो खालको मानवीय संवेदनाहीन बिरोध प्रदर्शन विश्वका कुनै देशमा पनि भएको छैन होला । 

    वामपन्थी नेता तथा चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्की लेख्छन्–‘माधव नेपाललाई गद्दारको आरोप लगाइएको छ, विमति हुनसक्छ, विवाद हुनसक्छ तर त्यतिकै भरमा त्यस्तो आरोप लगाउनु होस हराएको बेलाको मर्यादाहीन आक्रोस सिवाय केही होइन, आफू नाच्न नजान्ने आँगन टेडो ?’

    सामाजिक संजालमा देवेन्द्र कोइराला लेख्छन्–‘ओली एमालेको संस्कार ? कांग्रेस फुट्यो, कांग्रेसीहरुले गिरिजा वा देउवाको दाहसंस्कार गरेनन् । माओवादी पटकपटक फुट्यो, कसैले किरण, बाबुराम, बिप्लब, प्रचण्डको पुत्ला जलाएनन् बरु सबैले एकताको कामना गरिरहे । राप्रपा पनि फुट्यो, तर कार्यकर्ताले सूर्यबहादुर, लोकेन्द्र, पशुपति शमशेरलाई घारोमा बाँधेनन् । ओलीको स्कुलिङ जसले आफ्नै पार्टीको नेताहरुको जिउँदै दाहसंस्कार गर्न सिकायो ।

    कांग्रेस फुट्यो, कांग्रेसीहरुले गिरिजा वा देउवाको दाहसंस्कार गरेनन् । माओवादी पटकपटक फुट्यो, कसैले किरण, बाबुराम, बिप्लव, प्रचण्डको पुत्ला जलाएनन् बरु सबैले एकताको कामना गरिरहे । राप्रपा पनि फुट्यो, तर कार्यकर्ताले सूर्यबहादुर, लोकेन्द्र, पशुपति शमशेरलाई घारोमा बाँधेनन् । ओलीको स्कुलिङ जसले आफ्नै पार्टीको नेताहरुको जिउँदै दाहसंस्कार गर्न सिकायो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार