Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेका २२ सांसदको बैठकः ओलीलाई अध्यक्ष छाड्न आग्रह


    मंगलबार, साउन ५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल निकट २२ सांसदले एमालेलाई एक बनाउनका लागि पार्टी अध्यक्ष केपी ओलीलाई अध्यक्ष पद छाड्न  आग्रह गरेका छन् । २२ सांसदको आज बसेको बैठकले एमालेको एकताका लागि ओलीले अध्यक्षबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदको मंगलबार बसेको बैठकले पार्टी अध्यक्ष ओलीलाई प्रतिशोधको राजनीति नगर्न पनि आग्रह गरेको छ ।

    सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । आज माधव नेपाल पक्षीय सांसदहरुले प्रतिशोधको राजनीति छाडेर क्षमाशील हुन र अध्यक्षबाट राजीनामा दिई पार्टीलाई एकताको मार्गमा लान आग्रह गरेको हो ।

    बैठकमा प्रतिनिधिसभा पुनस्र्थापनाका लागि खेलेको भूमिका र पार्टीले लिनुपर्ने आगामी बाटोबारे छलफल भएको माधव नेपाल पक्षीय सांसद बिरोध खतिवडाले जानकारी दिएका छन् ।  एमालेको केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको मिडियाबाट थाहा पाएको पत्र नपाएको खतिवडाले बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार