Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • ओली–महन्थको बालकोट षड्यन्त्र, माधव नेपालले पारिदिए चकनाचूर


    मंगलबार, साउन ५ २०७८
    2.7K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली जे भन्छन्, त्यो गर्दैनन्, जे गर्छन् त्यो भन्दैनन् । ३ बर्ष ४ महिना उनको प्रधानमन्त्रीत्वकालमा उनी राजनीतिमा धोकाधडीको पर्यायका रुपमा चिनिए । सर्वोच्च अदालतले असार २८ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न दिएको परमादेश कार्यान्वयन गर्न राष्ट्रपति विद्या भण्डारी बाध्य भइन् । सपथ ग्रहणमा उनले देखाएको ब्यवहारले राष्ट्रपति पदकै गरिमामाथि ठेस पुग्यो ।

    देउवा प्रधानमन्त्री नियुक्त भइसकेपछि उनलाई विश्वासको मत नदिएर अदालतलाई सबक सिकाउन ओलीले बालकोटमा जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग मिलेर बनाएको ग्य्रान्ड डिजाइन पनि एमालेका बरिष्ठ नेता माधव नेपालले समयमै थाहा पाएर असफल पारिदिएको खुलासा भएको छ । ओली–ठाकृर–महतो डिजाइन देउवालाई विश्वासको मतमा फेल गराउने र अदालतलाई सन्देश दिने थियो । तर त्यो डिजाइन समयमै नेता नेपालले थाहा पाएकाले असफल हुन पुगेको छ । समयमै ओली–ठाकुर डिजाइन थाहा पाएर त्यही अनुरुप एमालेका २२ सांसदले मत दिएपछि देउवाले आइतबार प्रचण्ड बहुमतसहित विश्वासको मत पाएका छन् ।

    देउवालाई असफल पारेर सर्वाेच्च अदालतलाई सन्देश दिने बालकोटको योजना असफल कसरी भयो त ? साउन ३ गते बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा नेता महन्थ ठाकुर तथा राजेन्द्र महतोले विश्वासको मत असफल पार्ने योजना बनाएका थिए । तर त्यो योजना समयमै थाहा पाएर एमाले बरिष्ठ नेता माधवकुमार नेपालले चुकनाचुर बनाइदिएका छन् ।

    सर्वाेच्च अदालतको आदेशअनुसार ३ साउनमा विघटित प्रतिनिधिसभाको बैठक बस्दै थियो । बैठक बस्ने ठिक एक दिनअघि बानेश्वरमा पाँच दलीय गठबन्धनका शीर्षनेताबीच गोप्य बैठक बस्यो । त्यो बैठकले पहिलो दिन नै विश्वासको मत लिने निर्णय गर्यो ।

    पहिलो दिन नै विश्वासको मत लिने पाँच दलका शीर्षनेताको गोप्य सूचना एमाले अध्यक्ष ओलीले ३ गते बिहानै पाए । लगतै आफैसँग सत्ता साझेदार गरेका जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतोलाई बालकोटमा बोलाए । ओलीको बोलावटपछि पाएपछि ठाकुर र महतोसहितका जसपा नेताहरु बालकोट पुगे । बालकोटमा बन्यो विश्वासको मत असफल पार्ने असफल योजना ।

    वालकोटमा ओली, ठाकुर र महतोसहितका नेताहरुले योजना बनाइरहेका बेला नेपाली कांग्रेसले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गरिसकेको थियो । प्रस्ताव दर्ता भएपछि देउवाले आजै विश्वासको मत लिनेमा ओली–ठाकुर ढुक्क भए । त्यसपछि बालकोटमा योजना बन्यो महन्थ राजेन्द्र पक्षले विश्वासको मत दिने घोषणा गर्ने तर नदिने ।

    महन्थ ठाकुर पक्षले विश्वासको मत दिए देउवालाई प्रधानमन्त्री बन्न एमालेको मत आवश्यक थिएन । नेपाल पक्षलाई यही बहानामा रोक्ने र संसदबाट बाहिर पठाउने योजना थियो । नेपाल पक्षधर सांसदहरुले संसद पनि बचाउने र एमाले एकता पनि जोगाउने बताउँदै आएका थिए । ठाकुर पक्षले देउवालाई विश्वासको मत दिने घोषणा गरेलगतै वरिष्ठ नेता नेपालमाथि उनकै समूहले दबाब बढायो । तर बालकोटको रणनीति नेता नेपालले  थाहा पाइहाले । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई म्यासेज पनि गरिसकेका थिए । उनले आफ्नो समूहका कुनै पनि नेता र सांसदलाई बताएनन् ।

    ठाकुर पक्षले विश्वासको मत दिने भएपछि नेपाललाई रोक्न दुवै पक्षका नेताहरु सक्रिय भए । सवैभन्दा नजिकका विश्वासपात्र भीमबहादुर रावलसँग नेपालको ठाकठुक नै पर्यो । त्यही आवेगमा रावलले सांसद पदबाट राजीनामासमेत दिए ।

    उता बालकोटबाट फर्केपछि जसपाओ महन्थ–राजेन्द्र समूहको बैठक बस्यो । बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गर्यो । तर आफ्ना सवै सांसदलाई एमालेको माधव नेपाल समूहले देउवालाई मत नदिँदासम्म आ–आफ्नै स्थानमा बस्ने, नेपाल समूहले नदिए तटस्थ बस्ने र विश्वासको मत तुहाउने । नेपाल समूहले दिए आफूहरुले पनि दिने निर्देशन सांसदहरुलाई दिइयो । त्यही निर्देशनअनुसार जसपा सांसदहरु अन्तिम समयसम्म आ–आफ्नै स्थानमा बसिरहेका थिए । जसपाका सांसदतिर प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेरिरहेका थिए ।

    महन्थ कार्ड खेलेर ओलीले नेपाल पक्षका ८ सांसदलाई संसदबाट बाहिर पनि पठाए । तर ओलीको चाल बुझेका नेपालले संसदको पछिल्लो रोहमा बसेर अदालतको सम्मान र संसद जोगाए । नेता नेपाल नै विश्वासको मत दिने स्थलमा पुगेपछि ओलीको योजना तुहियो । नेता नेपालसहितका २२ सांसदले विश्वासको मत दिएपछि ठाकुर पक्ष पनि विश्वासको मत दिन लाइन लागेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार