काठमाडौं । प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत पाएर कांग्रेसको सरकार बने संगै कांग्रेसका सांसदहरु अहिले मन्त्री बन्न सक्रिय भएका छन् ।
प्रधानमन्त्री देउवाले आफू निकट बालकृष्ण खाँण र ज्ञानेन्द्र बहादुर कार्कीलाई सरकारमा सहभागी गराइसकेका छन् ।
कांग्रेस संस्थापन इतर समूहका प्रकाशमान सिंह र सुजाता कोईरालाले सरकारमा सहभागी हुन चाहेको निकट श्रोतको दाबी छ । सुजाता कोईरालाले उपप्रधानमन्त्री सहित परराष्ट्रमन्त्रीको चाहना राखेको बताईएको छ । प्रकाशमान र सुजाता कोईराला पहिला नै उपप्रधानमन्त्री भएका कारण उपप्रधान पाए मात्र सहभागी हुने भएका छन् ।
सांसद नारायण खड्का र पुष्पा भुसालको नाम पनि प्रधानमन्त्री देउवाले लिस्टमा राखेका छन् । देउवाले मीन विश्वकर्मालाई प्रमुख सचेतक बनाउने तयारी गरिरहेका छन् ।
डा मिनेन्द्र रिजाललाई परराष्ट्र मन्त्री बनाउने मुडमा प्रधानमन्त्री देउवा रहेका छन् । परराष्ट्र मन्त्रालय माथि जसपाका अध्यक्ष उपेन्द्र यादवको समेत दाबी रहेकाे बुझिएकाे छ ।
स्वास्थ्य मन्त्रालयमा गगन थापालाई ल्याउने सभावना बढी छ तर डा शशांक कोइरालाले उपप्रधान सहित उक्त मन्त्रालय मागेको कारण शेरबहादुर देउवाले गगन थापालाई सूचना तथा संचार मन्त्रालय दिने तयार गरेकाे स्राेतकाे दाबी छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend