Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले बनायाे अर्को साइबर सेना, प्रभु साहले ‘आइटी आर्मी’ काे घाेषणा गर्दै


    मंगलबार, साउन ५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका नेता एवं पूर्वमन्त्री प्रभु शाहले ‘आइटी आर्मी’ को घोषणा गर्ने भएका छन् ।

    मंगलबार भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रममार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीले आई.टी आर्मीको घोषणा गर्ने कार्यक्रम रहेको एमाले नेता प्रभु साहले जानकारी दिए।

    सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी निर्माण गरिएको यसको अन्तरिम घोषणा पत्रमा उल्लेख छ।

    ‘आइटीको सहायताले हामी मुलुकमा ब्याप्त दुराचार, बेथिथि, विकृति, कुशासन, अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदलाई बढवा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न सक्छौ,’ अन्तरिम घोषणापत्रमा भनिएको छ, ‘तसर्थ देशमा समाजवादी व्यवस्था निर्माण सहित सामाजिक न्याय, सुशासन, सदाचार, स्थायीत्व, समृद्धि एवम् विकासको लक्ष्य पुरा गर्ने महाअभियनामा हामी सफल हुने दृढ विश्वासको साथ अर्ध सामुहिक स्वरुपमा क्रियाशील रहनेगरी आईटी आर्मीको स्थापना गरिएको छ।’

    आईटी आर्मीको केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय हुनेछ।आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ। यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ।

    hcMMzElr.jpg87je1jVh.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार