काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा खतरालाई ध्यानमा राख्दै थप सुरक्षाकर्मीको व्यवस्था गरेको छ ।
प्रचण्डको व्यक्तिगत सुरक्षा अधिकृत-पीएसओमा फेरि नाबय उपरीक्षक-डीएसपी खटाइएकाे छ । केही समय अघि फिर्ता बोलाइएका डीएसपी विनोद घिमिरेलाई फेरि प्रचण्डको पीएसओको रुपमा खटाइएको हो ।
गृह मन्त्रालयले केही समय अघि विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी मापदण्ड परिमार्जन गरि पूर्व प्रधानमन्त्रीलाई १६ जना सशस्त्र प्रहरी र दुई जना नेपाल प्रहरी दिने व्यवस्था गरेको थियो ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि प्रचण्डको सुरक्षामा खटिने सुरक्षाकर्मी बढाउँदै पीएसओका रुपमा डीएसपीलाई पठाइएको छ । माधव कुमार नेपाललगायतका नेताको सुरक्षामा पनि सुरक्षाकर्मी बढाइएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले सुरक्षा खतरालाई ध्यान दिएर सुरक्षाकर्मीको संख्या थपघट हुनु स्वभाविक भएको बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend