Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले बैठक आज पनि, उहीँ पुरानै एजेण्डामाथि नयाँ रणनीति बनाउने तयारी


    मंगलबार, साउन ५ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । 

    गत सोमबारदेखि शुरु भएको दशौं केन्द्रीय कमिटी बैठक दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    यसअघिको बैठकले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

    देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् ।

    त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।

    यस्तै आजको बैठकमा पार्टीको आगामी रणनीतिबारे छलफल र पार्टी एकताका निम्ति नयाँ एजेन्डा तय गरिने बताइएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार