Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • देउवालाई भाेट दिने २२ जना सांसदहरुलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण


    सोमबार, साउन ४ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमालेले पार्टी निर्देशनविपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । 

    सोमबार ललितपुरको च्यासलमा बसेकाे केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए । 

    देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् ।

    त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।

     बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने उपस्थित छैनन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार