Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न गगन थापाको अनुरोध


    सोमबार, साउन ४ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगनकुमार थापाले बालुवाटारमा पार्टीको बैठक नराख्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन्। 

    पछिल्लो  समय प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले बालुवाटारमा पार्टीको बैठक राखेकोमा चौतर्फी बिरोध भएपछि नेता थापाले यस्तो अनुरोध गरेका हुन्। 

    आज बिहान सामाजिक संजालमार्फत कांग्रेस नेता थापाले लेखेका छन्,’ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं । उहाँले’ पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हाे, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न’भन्ने विश्वास दिलाउनु भएको छ।

    प्रधानमन्त्रीज्यु यो विश्वासलाई कायम राखिदिनु होला।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार