काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु सबैको साझा उद्देश्य भएको बताउनुभएको छ । नेपालको संविधानको संरक्षण र यसको असल कार्यान्वयन साझा गन्तव्य भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सहकार्य र सहयात्राबाट नै अगाडि बढ्न सकिने स्पष्ट पार्नुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्दै उहाँले मुलकका सामु रहेका चुनौतीलाई सबैको साझा प्रयत्नबाट मात्रै सम्बोधन गर्न सकिने बताउनुभयो । राजनीतिक दलको प्रयत्नबाट नेपालको संविधान निर्माण भएको तथ्य पेश गर्दै प्रधानमन्त्री देउवाले यसको संरक्षण र सुदृढीकरण पनि हामी सबैको प्रयासबाट मात्र सम्भव भएको स्पष्ट पार्नुभयो ।
बहुदलीय व्यवस्थामा फरक–फरक राजनीतिक विचार हुने तीनका बीचमा प्रतिस्पर्धा हुने, स्वस्थ आलोचना प्रत्यालोचना हुने विषय स्वाभाविक र राम्रो भएको प्रधानमन्त्रीको भनाइ छ । देशका सामु केही साझा चुनौती, उद्देश्य र गन्तव्य रहेको स्पष्ट पार्दै उहाँले सहकार्य र सहयात्रालाई अगाडि बढाउन आफू तयार रहेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “गरिबी, बेरोजगारी, अशिक्षाजस्ता तमाम साझा समस्या छन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान हाम्रा साझा विषय हुन् ।” प्रधानमन्त्रीले कोभिड–१९ हाम्रो तत्कालको चुनौती भएको उल्लेख गर्नुभयो ।
प्रतिनिधिसभा विघटनपश्चात सम्मानीय सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनःस्थापित भएपछि पहिलो बैठक प्रारम्भ भएकामा प्रधानमन्त्रीले सांसदलाई बधाइ दिनुभयो । प्रधानमन्त्रीले भविष्यमा पनि निरन्तर सहयोग र समर्थन रहने विश्वास व्यक्त गर्नुभयो । पटक–पटकको प्रतिनिधिसभा विघटनका कारण विगत केही समय देशमा राजनीतिक अन्योल र अनिश्चितताको स्थिति रहेको तथ्य पेश गर्नुभयो ।
प्रधानमन्त्री देउवाले आफूलाई सो पदमा नियुक्त हुन सहयोग र समर्थन गर्नुहुने राजनीतिक दलका नेताहरू, माननीय सदस्यलगायत सबैमा धन्यवाद दिनुभएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को प्रकोपले देश निक्कै प्रभावित भएको र दैनिक रुपले सङ्क्रमण बढी रहेको तथा मानिसको मृत्यु भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले कोरोनाका कारण मृत्यु भएकाको चीर शान्तिको कामना गर्नुभएको छ ।
अस्पतालमा उपचार गराइरहनुभएका सबैको शिघ्र स्वास्थलाभको कामना गर्दै उहाँले कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि अहोरात्र खटेर काम गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्रीले नेपाली नागरिकलाई कोभिड–१९ को प्रकोपबाट जोगाउने यो सरकारको पहिलो प्राथमिकता हुने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री देउवाले केपी ओली नेतृत्वको सरकारले विगत साढे तीन वर्षमा गरेका असल कामलाई धन्यवाद दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “विगतमा भएका राम्रा कामलाई निरन्तरता दिँदै कमी कमजोरी सुधार गर्दै लानुपर्नेछ । महत्वपूर्ण नयाँ काम पनि गर्नुछ ।”
प्रधानमन्त्रीले सरकार, प्रमुख प्रतिपक्ष र सबै राजनीतिक दलबीच निरन्तर सम्वाद, सहकार्य र सामूहिक प्रयत्न आवश्यक छ भन्ने आफ्नो मान्यता रहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “हामी राजनीतिक दलहरू एक अर्काका शत्रु होइनौँ बरु हाम्रा साझा उद्देश्य प्राप्तिका लागि सहयात्री हौ भन्ने भावनाका साथ काम गर्नुपर्दछ ।”
संसद्लाई अधिकार सम्पन्न, जीवन्त र क्रियाशिल बनाउनुपर्नेमा जोड दिँदै उहाँले संसद्ले सरकारका सबै गतिविधिप्रति ध्यान दिई अनुगमन गर्नुपर्ने बताउनुभयो । संसद्ले गर्ने निगरानीले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “निरन्तरको राजनीतिक अन्योल, अनिश्चितता र अस्थिरताले लोकतन्त्रलाई नै कमजोर गर्दछ । तसर्थ अब हामी राजनीतिक स्थिरताको बाटोमा हिँड्न जरुरी छ ।”
प्रधानमन्त्रीले सबै सांसदसँग विश्वासको मत माग्दै भन्नुभयो, “म नेपालको संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्री भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा (६) बमोजिम विश्वासको मत प्राप्त गर्न सम्मानित प्रतिनिधिसभामा प्रस्तुत भएको छु । सबै माननीय सदस्यले मलाई विश्वासको मत दिनुहुनेछ भन्ने विश्वास गरेको छु ।”
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend